ताजा समाचार

कार्तिक २१ गते २०७६

अमेरिकन पेस्तोलसहित ३ पक्राउ

अमेरिकन पेस्तोलसहित प्रहरीले कीर्तिपुरको चोभारबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं -१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्का रहेका छन् ।

प्रहरीले उनीहरुलाई बा १७ च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

पेस्तोल देखाएर लुटपाट मच्चाएको आशंकामा प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि अनुसन्धान थालिएको महाशाखाले बताएको छ।