सिद्धेश्वर मन्दिर बैदाममा महायज्ञ जारी


सिद्धेश्वर मन्दिर पोखरा ६ बैदाम शान्तिपथको आयोजनामा भएको कार्तिक महात्म्य संगीतमय ज्ञान महायज्ञ जारी छ । आइतबारदेखि सुरु भएको महायज्ञ शनिबार समापन हुँदै छ ।

पोखरा महानगरपालिका वडा नं ६ र ७ को सिमाना शान्तिपथमा भएको महायज्ञको चौथो दिनसम्म करिब २ लाख ३० हजार रुपैयाँ संकलन भएको कोषाध्यक्ष लक्ष्मी पहारीले जानकारी दिइन् ।

महायज्ञमा पोखरा महानगर पालिका वडा नम्बर ६ ले ५० हजार, मितेरी नारी समूहले बैदामले २१ हजार, मुक्तिनाथ विकास बैंक बैदाम शाखाले १२ हजार ५ रुपैयाँ र बैदाम दृष्टि मार्ग निवासी रामकुमार कार्कीले ११ हजार १ सय ११ रुपैयाँ दान गरेको सदस्य शिवजी कुवँरले जानकारी दिए ।
महायज्ञमा ७ दिनसम्म दिग्दर्शक वाचन शिरोमणि पं दीपकप्रसाद सापकोटाले संगीतमय कथा वाचन गरेका छन् ।

हरिबोधनी एकादशी लक्षित महात्म्य ज्ञान यज्ञको आयोजना गरिएको मूल आयोजक समिति अध्यक्ष रत्नबहादुर ठकुरीले बताए ।

महायज्ञमा संकलित रकम सिद्धेश्वर मन्दिरको जीर्णोद्धारमा खर्च गरिने कार्यक्रम संयोजक एकराज पहारीले जानकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं