ताजा समाचार

कार्तिक २० गते २०७६

पोखरा ७ मा नेकपाको निर्वाचन परिचालन कमिटी

पोखरा महानगर वडा नं ७ मा नेकपा वडा कमिटी संयोजक पुरशोत्तम रेग्मीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको छ । बुधबार भएको भेलाले ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

नेकपाले चिरञ्जीवी पोखरेलको संयोजकत्वमा १५ सदस्यीय अर्थ समिति, दिनबन्धु पौडेलको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति, किशोर बरालको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन समिति र टीकादेवी अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन समिति बनेका छन् ।

बुद्धिजीवी व्यक्तित्व परिचालनसंयोजक केशव बराल, ज्येष्ठ नागरिक परिचालन समिति संयोजक पुष्पराज गिरी, विभिन्न संघसंस्था परिचालन समिति संयोजक बमबहादुर घताने, कार्यलय व्यवस्थापन समिति संयोजक सूर्यबहादुर कार्की, स्थापनाकालीन सदस्य समन्वय समिति संयोजक विद्याविमल बराल, विद्यालय सवन्वय समिति संयोजक प्रमोदप्रसाद पौडेल, पृष्ठपोषण कमिटी संयोजक केन्द्रीय सदस्य सीता गिगरी वली छन् ।

केन्द्रीय सदस्य वलीले निर्वाचनमा केन्द्रीत भएर पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्न आग्रह गरिन् । कार्यक्रममा वडा कमिटी सचिव सूर्यबहादुर कार्कीले पनि बोलेका थिए ।