समाचार

नेपाल डेन्टल साइन्स हाइजिनिस्टको क्यालेन्डर

नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसियसन गण्डकी प्रदेश कमिटीले नयाँ वर्षको भित्तेपात्रो प्रकाशन गरेको छ । संस्थाका अध्यक्ष सुवास सुवेदी, संस्थापक अध्यक्ष डा भवानीशंकर पौडेल र कानुनी सल्लाहकार यमनाथ पौडेलले बुधबार भित्तेपात्रो लोकार्पण गरे । व्यक्तिगत दुरी राखेर गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष पौडेलले डेन्टल हाइजिनिस्टहरुलाई सुरक्षित रहेर सेवाग्राहीलाई सेवा दिन आग्रह गरे । सरकारले सिडिएस अध्ययापन गर्न माध्यता दिने र काम गर्ने वातावरण र सरकारी सेवामा उचित स्थान नदिएको उल्लेख गर्दै… पुरा पढौ

एसईईको परीक्षामा आन्तरिक मूल्याङ्‍कन

file pix यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित परीक्षा नहुने भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकमा यस वर्ष नियमित परीक्षा नगरी स्ूकलको आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद्‍मा लगेका थिए । सरकारले एसईई खारेज नगरी विद्यालयलाई अन्तरिक परीक्षा गर्न जिम्मा दिने भएको छ । कोरोनाका कारण चैत ६ गतेबाट हुनुपर्ने एसईई परीक्षा ५ गते साँझ रोकिएको थियो । बुधबार अबेर सकिएको मन्त्रीपरिषद्का निर्णयहरु भने बिहीबारमात्रै… पुरा पढौ

‘प्रकृति मैत्री विकासलाई प्राथमिकता देऊ’

पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७÷०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार भएको छलफलमा प्रकृतिको विनास हुने गरी गरिएको विकासले अनेक समस्या निम्त्याएको बताउँदै छलफलमा सहभागीले प्रकृति मैत्री दीगो विकासलाई प्राथमकिता दिन सुझाव दिएका छन् । उनीहरुले कोरोनाका रोकथाम, नियन्त्रण र उपचारलाई अझ प्रभावकारी बनाउँदै सोही… पुरा पढौ

नापीका सर्भेक्षकको गैरकानुनी कमाइ साढे ५ करोड

नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको दाबी गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । काफ्लेले यसरी आर्जित सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महङ्गो मूल्यमा जग्गाहरु खरिद गरी लिखतमा कम मूल्य देखाई श्रीमतीको नाममा लुकाई राखेको अख्तियारले जनाएको छ । काफ्लेको २०५४ साल पुसदेखि २०७६ माघसम्मको अवधिमा आयआर्जनको सम्पत्तिमध्ये ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँको स्रोत नखुलेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी… पुरा पढौ

एम्बुलेन्स दुर्घटनामा कोरोना सङ्क्रमित घाइते

कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।   सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । घाइते पाँचै जनाको  हटारीनेटाको आइसोलेशन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानाकारी… पुरा पढौ

चितवन पोखरा सम्पर्क समाजको क्यालेण्डर विमोचन

चितवन पोखरा सम्पर्क समाजले नव वर्ष वि.सं. २०७७ को अवसरमा भौतिक दुरी कायम राख्दै शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ २६ गते सोमबार, पोखरा १० अम्मरसिंहचोक स्थित समाजका उपाध्यक्ष श्री दिलिप पनेरुको निवासमा आयोजित समारोहमा समाजले प्रकाशन गरेको क्यालेण्डर प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष श्री निर्मल सापकोटाले विमोचन गर्नुभयो । सो अवसरमा सापकोटाले नयाँ वर्षको शुभकामना दिंदै कोभिड १९ को महामारीको सन्त्रास हुँदा हुँदै… पुरा पढौ

पोखरेली वाङ्मयिक संस्थाले भने : सबै खाले विभेद अन्त्य गर

पोखराका साहित्यिक एवं सांस्कृतिक संस्थाहरुले रुकुमको जौरजहारी र अमेरिकाको जर्ज फ्लोयड हत्या जस्ता पासबिक घटनाहरु विरुद्ध भएका आन्दोलन प्रति ऐक्यवद्धता जनाएका छन् । सोमबार संयुक्त विज्ञप्ति निकालेर गण्डकी साहित्य सङ्गम पोखरा, प्रगतिशील लेखक सङ्घ, कास्की, पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान, विजय ढकाल सहिद स्मृति प्रतिष्ठान, साहित्य शृङ्खला, पोखरा, सांस्कृतिक रूपान्तरण अभियान नेपाल र सङ्गम सांस्कृतिक मञ्च पोखराले त्यस्ता जातीय विभेदको भत्र्सना गर्दै सबै खाले विभेद, अन्याय र उत्पीडन विरुद्धका आन्दोलनप्रति ऐक्यबद्धता… पुरा पढौ

समाजसेवी झपिन्द्रराज रेग्मीलाई मातृशोक

समाजसेवी एवं नेकपा नेता झपिन्द्रराज रेग्मीलाई मातृशोक परेको छ । उनीकी आमा सावित्रीदेवी रेग्मीको ८८ वर्षमा आइतबार राति साढे १ बजे निधन भएको हो । झपिन्द्र नेपाल रेडक्रस सोसाइटी पोखरा १७ का सभापति एवं छोरेपाटन माविका अध्यक्षसमेत हुन् । सामाजिक दूरी कायम गरी सोमबार बिहानै शान्तिघाटमा सावित्रीदेवीको अन्तिम संस्कार गरिएको छ । सावित्रीदेवीका श्रीमान्, २ छोरा र 2 छोरी छन् । १ छोराको निधन भइसकेको छ । पुरा पढौ

अन्नपूर्णमा ५-७ सय विदेशबाट आउने अनुमान

अढाइ महिने लकडाउनमा राहत नबाड्ने स्थानीय तह हो कास्कीको अन्नपूर्ण । २०६८ को जनगणना अनुसार गाउँपालिकको जनसंख्या २५ हजार ५ सय ६५ छ । अब गाउँपालिकामा भारत र अन्य देशबाट ५ सयदेखि ७ सय नेपाली फर्किने अनुमान छ । यसअघि राहतलाई निरुत्साहित गरी मजदुरलाई काम दिएको पालिकाले अब भने कठिन अवस्था आएको जनाएको छ । तत्काल मजदुरलाई काम लगाउन मिल्ने योजना नरहेको र विदेशबाट ठूलो संख्यामा मानिस फर्किए सुरक्षा मुख्य… पुरा पढौ

गण्डकी प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान ऐन पारित

गण्डकी प्रदेशसभाले गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान ऐन पारित गरेको छ । आइतबारको प्रदेशसभा बैठकले ऐन बहुमतले पारित गरेको हो । गण्डकी प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालनका लागि यो ऐन गत माघ ८ गतेको बैठकमा पेश भएको थियो । गण्डकी प्रदेशमा प्राविधिक शिक्षा र व्यवासायिक तालिमको व्यवस्था र स्तर निर्धारण गर्न प्रतिष्ठान स्थापना गर्न लागिएको हो । file pix पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं