मालपोत कार्यालय, लेखनाथ कास्कीका नासु सुवेदीलाई भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दीपक सुवेदी विरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा आइतबार मुद्दा दायर गरेको छ ।

सुवेदीले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भनी विभिन्न बहानामा घूस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले सुवेदीलाई ३ हजार घूस लिँदालिँदै नियन्त्रणमा लिएको थियो ।

सुवेदीलाई बिगो ३ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।