समाचार

पोखरा महानगरलाई कारितासको सहयोग

कारितास नेपालले पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कारितास नेपाल कास्कीका प्रमुख शोभा आचार्यले स्वास्थ्य सामग्री महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेकी हुन् । क्वारेन्टाइनमा चाहिने आवश्यक सुरक्षा सामग्री संस्थाले दिएको हो । महानगर प्रमुख जिसीले स्वास्थ्य सामग्री हस्तान्तरण रहेकोमा संस्थालाई धन्यवाद व्यक्त गरेको थिए । पुरा पढौ

कोरोना भाइरसको महामारी चुनौतीसँगै अवसर पनि हो : सांसद भट्टराई

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले कोरोना भाइरसको महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्याएको बताएकी छिन् । ‘अहिलेको यो कोरोनाको संकट पनि देशलाई स्वाधीन अर्थतन्त्र र आत्मनिर्भर बनाउने उपयुक्त अवसर हो’, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित ‘राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता’को अवलोकन गर्दै उनले भनिन्, ‘भौतिक विकासले मात्र समृद्धि हासिल गर्न नसकिने भएकाले सामाजिक न्याय र समतामूलक विकासमा हामीले जोड दिनुपर्छ ।’सांसद भट्टराईले कोरोनाको कहर र लकडाउनको विषम परिस्थितिमा पनि शिक्षक सङ्गठनले अनलाइनमार्फत्… पुरा पढौ

विश्व वातावरण दिवसमा पोखरा लेडी जेसीजको वृक्षारोपण

नेपाल जेसिजको निर्देशन अनुसार पोखरा लेडी जेसिजले शुक्रबार आवश्यक दूरी कायम गर्दै वृक्षारोपण गरेको छ । पोखरा महानगरपालिका ७ स्थित पुष्पलाल पार्कमा “प्रति व्यक्ति, एक बिरुवा जिम्मेवारी” भन्ने नाराका साथ पोखरा लेडी जेसीजले वृक्षारोपण गरेको संयोजक रिना पौडेलले जानकारी दिइन् । पोखरा लेडि जेसिजको नियमित कार्यक्रम अन्तरगत भएको बृक्षारोपणको अध्यक्षता पोखरा लेडी जेसिज वर्ष २०२० का अध्यक्ष शोभा भुजेलले गरेकी थिइन् । कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल, पोखरा… पुरा पढौ

पुरानो काठ अर्काे वडामा लैजान दिने भन्दै ३ लाख घुस लिने पक्राउ

सिन्धुलीको तीनपाटन गाउँपालिका १० मा कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको वडा नं ९ मा लैजान दिने भनी घुस लिने २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीबाट खटिई गएको टोलीले बुधबार तिनपाटन गाउँपालिका १० स्थित डकाहा चकमके जाने कच्ची सडकबाट जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सामुदायिक वन उपभोक्ता समिति तिनपाटनका कोषाध्यक्ष मीनबहादुर घोलेको साथबाट ३ लाख र जनसेवा वैज्ञानिक वन व्यवस्थापन तिनपाटनका कोषाध्यक्ष तीर्थबहादुर रानाको साथबाट ३०… पुरा पढौ

तनहुँमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

तनहुँ जिल्लाका थप २ जना नयाँ संक्रमित थपिएका छन् । ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३९ र ४० का २ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमितहरुलाई तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । पुरा पढौ

राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता सुरु

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले आजदेखि विद्यार्थीसँग शिक्षक संगठन भन्ने उद्घोषका साथ राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिता उद्घाटन गर्दै अहिलेको अवस्थामा वैकल्पिक उपाय अपनाएर विद्यालय सञ्चालन विचार राखे । उनले शिक्षक संगठनले अनलाइनमार्फत् विविध कार्यक्रम गरेर आफ्नो जिम्मेवारी निर्वाह गरेकोमा खुसी लागेको बताए । प्रविधिमैत्री विद्यालय, अनलाइन कक्षा र शिक्षणका वैकल्पिक उपायहरु सञ्चालन गर्नका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता… पुरा पढौ

बाग्लुङमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि

बुधवार बाग्लुङमा १० नयाँ संक्रमित थपिएका छन् । बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ जिल्ला, वडीगाड गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जिल्लाकै गल्कोट नगरपालिका का २०, २२ र २३ का ३ जना पुरुषमा पनि कोराना… पुरा पढौ

झगडा गर्दा छतबाट खसेर २ घाइते

पोखरा १३ माछापोखरीमा बुधबार आपसी झगडामा छतबाट खसेर २ जना घाइते भएका छन् । दिउँसो १ बजेतिर छतबाट खसेर पोखरा १३ घर भएका वर्ष ३० का विशाल नेपाली र वर्ष ३५ का विकास नेपाली घाइते भएका हुन् । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । विकास, बिशालसहित वर्ष २१ का मनोजकुमार दास र वर्ष २३ का अर्जुन नेपालीबीच झगडा भएको थियो । प्रहरीले मनोजकुमार दास, चन्द्रबहादुर नेपाली, अर्जुन नेपाली… पुरा पढौ

फेरि क्वारेन्टिनमा १ जनाको ज्यान गयो

डडेल्धुराको क्वारेन्टिनमा बसेकी १ महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ को असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिला र उनका श्रीमान् ४ दिनअघि भारतबाट आएका थिए । गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले महिलाको मृत्यु भएको जानकारी दिँदै चिकित्सकको टोली त्यसतर्फ जाँदै गरेको बताए। पुरा पढौ

पोखरा २८ मा ११ लाखको राहत बाँडियो

पोखरा महानगरपालिका वडा नं. २८ मा लकडाउन सुरु भएपछि हालसम्म १० लाख ९५ हजारको राहत बाँडिएको छ । वडा कार्यालयले मंगलबार कार्यक्रम गरी राहत विवरण सार्वजनिक गरेको हो । वडामा महानगरको तर्फबाट ४ लाख २२ हजारको राहत वितरण गरियो । कोरोना कहर कम गर्न यो वडामा स्थानीय सरकारलाई जनस्तरबाट उल्लेख्य साथ मिलेको छ । महानगरले पठाएको ४ लाख २२ हजारबाहेक अरु सबै रकम जनस्तरबाट जुटेको हो । वडाध्यक्ष निर्मल दियालीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं