गण्डकी प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान ऐन पारित

गण्डकी प्रदेशसभाले गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान ऐन पारित गरेको छ । आइतबारको प्रदेशसभा बैठकले ऐन बहुमतले पारित गरेको हो ।

गण्डकी प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालनका लागि यो ऐन गत माघ ८ गतेको बैठकमा पेश भएको थियो । गण्डकी प्रदेशमा प्राविधिक शिक्षा र व्यवासायिक तालिमको व्यवस्था र स्तर निर्धारण गर्न प्रतिष्ठान स्थापना गर्न लागिएको हो ।

file pix