समाजसेवी एवं नेकपा नेता झपिन्द्रराज रेग्मीलाई मातृशोक परेको छ । उनीकी आमा सावित्रीदेवी रेग्मीको ८८ वर्षमा आइतबार राति साढे १ बजे निधन भएको हो ।
झपिन्द्र नेपाल रेडक्रस सोसाइटी पोखरा १७ का सभापति एवं छोरेपाटन माविका अध्यक्षसमेत हुन् । सामाजिक दूरी कायम गरी सोमबार बिहानै शान्तिघाटमा सावित्रीदेवीको अन्तिम संस्कार गरिएको छ ।
सावित्रीदेवीका श्रीमान्, २ छोरा र 2 छोरी छन् । १ छोराको निधन भइसकेको छ ।






