चितवन पोखरा सम्पर्क समाजको क्यालेण्डर विमोचन

चितवन पोखरा सम्पर्क समाजले नव वर्ष वि.सं. २०७७ को अवसरमा भौतिक दुरी कायम राख्दै शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

जेष्ठ २६ गते सोमबार, पोखरा १० अम्मरसिंहचोक स्थित समाजका उपाध्यक्ष श्री दिलिप पनेरुको निवासमा आयोजित समारोहमा समाजले प्रकाशन गरेको क्यालेण्डर प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष श्री निर्मल सापकोटाले विमोचन गर्नुभयो । सो अवसरमा सापकोटाले नयाँ वर्षको शुभकामना दिंदै कोभिड १९ को महामारीको सन्त्रास हुँदा हुँदै पनि चितवन पोखरा सम्पर्क समाजले नेपालको अभिन्न स्थान लिम्पुयाधुरा , लिपुलेक र कालापानी सहितको आधिकारीक नक्शा समावेश भएको क्यालेण्डर प्रकाशन गर्न सफल भएकोमा प्रसंसा गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथी अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालका सदस्य तथा चितवन पोखरा सम्पर्क समाजका सल्लाहकार श्री खेम नारायण ढकालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो । यसैगरि कस्मेटिक व्यवसायिक संघ कास्कीका उपाध्यक्ष श्री दुर्गा बराल (पनेरु), ईं आनन्द सापकोटाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो भने क्यालेण्डर प्रकाशन संयोजक रामचन्द्र पहारीले क्यालेण्डर प्रकाशन कार्यमा प्रत्यक्ष अप्रत्क्ष रुपमा हौसला प्रदान गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्तगर्दै सहभागी विच आपसमा शुभकामना साटासाट गर्नुभएको थियो ।

समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तारा सापकोटाले र स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दिलिप पनेरुले गर्नुभएको थियो ।