नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको दाबी गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काफ्लेले यसरी आर्जित सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महङ्गो मूल्यमा जग्गाहरु खरिद गरी लिखतमा कम मूल्य देखाई श्रीमतीको नाममा लुकाई राखेको अख्तियारले जनाएको छ । काफ्लेको २०५४ साल पुसदेखि २०७६ माघसम्मको अवधिमा आयआर्जनको सम्पत्तिमध्ये ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँको स्रोत नखुलेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
काफ्लेलाई स्रोत नखुलेको रकम बिगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगोबाट खरिद गरी काफ्ले र उनकी श्रीमती सुशिलाको नाममा राखेको चलअचल सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति कानून बमोजिम हुन आउने व्याजसमेत आरोपीको नाममा रहेको जग्गा जमिन तथा बैंक मौज्दातबाट असुल उपर गरी जफत गर्न मागदाबी लिने मुद्दा दायर गरिएको हो ।




