समाचार

मुखबाट रगत छादी मृत्यु

शनिबार बिहान लमजुङको मध्यनेपाल नगरपालिका भोर्लेटार रानीपानी घरका एक जनाको तनहुँको भानु नगरपालिका ८ ठूलोवनमा मृत्यु भएको छ । ठुलो वनमा डेरा गरी बस्ने वर्ष ४० का रामजी खत्रीले बिहान अचानक रगत छाँदेपछि उनलाई उपचारका लागि पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

फरार वडाध्यक्ष अदालत हाजिर, धरौटीमा रिहा

परासी लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०, पाल्हीनन्दन गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् । गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैँ अदालतमा हाजिर भएको नवलपरासी जिल्ला अदालतले जनाएको छ । अदालत हाजिर भएका वडाध्यक्ष गुप्तालाई जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलासले रु ६० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका निमित्त स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए । वडाध्यक्षसहित पाँच जनाविरुद्ध विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतबार

file pix गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतबार प्रस्तुत गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आइतबार दिउँसो ३ः०० बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए। प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने छन् । सरकारले आगामी वर्ष स्वास्थ्य तथा कृषि क्षेत्रलाई… पुरा पढौ

जेठ २१ देखि निजी विद्यालयले भर्ना लिने

सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन्। ती संस्थाले प्रधानमन्त्री केपी… पुरा पढौ

४५ परिवारलाई राहत

पोखराका विभिन्न टोलमा बसोबास गर्ने विपन्न ४५ परिवारलाई शुक्रबार राहत वितरण गरिएको छ । उनीहरुलाई ६० हजारको चामल, दाल, नून, तेल लगायतका खाद्यान्न प्रदान गरिएको हो । पोखरा ८ नागबेली मार्गकी तिलकुमारी घमालका बाल्टीमोर, अमेरिकामा रहेका छोरीज्वाई श्रीकुमारी घमाल र रविलाल घमाल सेन्चुरी तथा कान्छीछोरी ज्वाई जुनु घमाल रामदाम र गोपाल रामदामको सहयोगमा सो रकम संकलन भएको हो । रुद्र घमाल र हरि घमाल, मिनकुमारी बुढा र तारा घमाल लगायतको… पुरा पढौ

पत्रकार महिलालाई सञ्चारिका गण्डकीले दियो सुरक्षा सामग्री

सञ्चारिका समूह गण्डकी प्रदेशले पोखराका बिभिन्न सञ्चार माध्यममा सक्रिय रुपमा पत्रकार महिलाका लागि कोभिड १९ बाट सुरक्षित बनाउन सुरक्षा सामग्री वितरण गरेको छ । कोरोना महामारिका बेला जोखिम मोलेर काम गरिरहेका पत्रकार महिलाको सुरक्षा प्रत्याभूति अभियान अन्तर्गत सञ्चारिकाले पहिलो चरणमा यो कार्यक्रम गरेको हो । लकडाउनको नियमानुरुप सामाजिक दूरी कायम गर्दै नेपाल पत्रकार महासंघ कास्कीमा आयोजना गरिएको कोरोना जोखिम र पत्रकार महिलाका चुनौती विषयक छलफल कार्यक्रममा ती सामग्री हस्तान्तरण गरिएको… पुरा पढौ

पोखरा १३ मा शव फेला

बिहीबार बिहान पोखरा १३ मा एक पुरुषको शव फेला परेको छ । बिहान ६ बजेतिरपोखरा १३ दुईकुलाको मुहान स्थित ड्याममा करिब ४० वर्षका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । पानीमा तैरिएको अवस्थामा भेटिएको शवको पहिचान हुन नसकेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

बन्दीपुरमा करेन्ट लागेर १ को ज्यान गयो

बिहीबार बिहान तनहुँको बन्दिपुर गाउँपालिका २ गोलडाँडामा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ । करिब साढे ११ बजे वर्ष ६५ का गणेशबहादुर आलेलाई कपडा सुकाउने क्रममा बिजुलीको नाङ्गोतारबाट करेन्ट लागेको हो । करेण्ट लागी घाईते उनलाई उपचारका लागि बन्दिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

पोखरा १७ मा साढे २७ लाखको राहत बाँडियो

पोखरा महानगरपालिका वडा नं. १७ का जनप्रतिनिधिले पदभार ग्रहण गरेको बुधबार ४ वर्ष लागेको छ । महासंकटमा यो विशेष दिनलाई उनीहरुले संकट मुकाबिलाबारे छलफल गरी सम्झिएका छन् । वडा कार्यालयले बुझबार वडामा बाँडिएको राहतको विवरण सार्वजनिक ग¥यो । पोखरा १७ मा लकडाउन भएपछि २७ लाख ३८ हजार ९ सय ९२ रुपैयाँको राहत वितरण भएको छ । महानगरको १८ लाखको ९ सय फूल प्याकेज र जनस्तरबाट करिब साढे ९ लाखको राहत… पुरा पढौ

स्वास्थ्य चौकी निर्माणमा खटिएका पाँच मजदुरलाई बालुवाको ढिस्कोले पुर्‍याे, दम्पतीको मृत्यु

स्वास्थ्यचौकी भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिँदा जाजरकोटमा पतिपत्नीको मृत्यु भएको छ। घटनामा सँगै काम गरिरहेका अन्य तीन जना घाइते भएका छन्। जाजरकोटको नलगाड नगरपालिका-९ तात्रका ३५ वर्षीय एकराज सिंह र उनकी पत्नी ३३ वर्षीया कुमारी सिंहको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। पत्नीको घटनास्थलमै मृत्यु भएको हो भने पतिलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका-१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं