तरकारी नष्ट नगर्न कृषि मन्त्रालयको निर्देशन, पोखरा महानगरले बदल्यो मापदण्ड


कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निर्देशन र सर्वसाधारणको चर्काे आक्रोशपछि पोखरा महानगरपालिका आयातीत तरकारी र फलफूल नष्ट गर्ने निर्णयबाट पछि हटेको छ ।

पोखरा १५ मा कास्की बाहिरबाट आएको ६ ट्रक तरकारी खाल्डो खनेर गाडिएको थियो । बाहिरबाट तरकारी आउन नदिने र आएको तरकारी पनि गाड्ने गरिएपछि पोखराको बजारमा तरकारको भाउ दोब्बर बढेको छ ।

कृषि मन्त्रालयले सोमबार साँझ विज्ञप्ति निकालेर कृषि उपज ढुवानी र बिक्री, वितरण गर्ने नियमित गर्ने सरकारको निर्णय स्मराण गराएको छ । मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जारी गरेको विज्ञप्तिमा कृषि उपज जफत र नष्ट गरिएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसो नगर्न निर्देशन दिइएको छ ।

विज्ञप्तिमा आयातीत फलफूल, तरकारी नष्ट गर्दा कृषको मनोबल खस्कने र विदेशी आयातकै भर पर्नुपर्ने अवस्था आउनेप्रति संकेत गर्दै कृषि उपज नियमित ढुवानी र बिक्री, वितरण हुने व्यवस्था मिलाउनसमेत अनुरोध गरिएको छ ।

सोमबार पोखरा महानगरपालिकाले यसबारे छुट्टै मापदण्ड बनाएको छ । महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्राउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने, फलफूल तथा तरकारीहरुको खरिद मूल्य खुलेको सक्कल बिल भरपाइ अनिवार्य रुपमा पेस गर्नुपर्ने, महानगरको कुन स्थानमा झार्ने हो सो खुलाउनुपर्ने, तरकारी वा फलफूलको सवारीसाधनमा चालक र सहयोगी गरी मात्र २ जनाभन्दा बढी चढाउन नपाइने मापदण्ड बनाएको छ ।

महानगरको ११ जेठको सर्वपक्षीय बैठकले बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन नदिने निर्णय गरेअनुसार पोखरा १५ मा ६ ट्रक तरकारी जफत गरी गाडिएको थियो ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं