समाचार

कोरोना कहर : पोखरा ५ मा २२ लाखको राहत

पोखरा महानगरपालिका वडा नं ५ ले कोरोना महामारीमा आहतलाई राहत दिन २२ लाख खर्चेको छ । चैत ११ गते लकडाउन भएपछि मंगलबारसम्म पीडितलाई राहत र कोरोनाका कारण अप्ठेरोमा परेकालाई सहयोग गरी वडामा २२ लाख २८ हजार २१ रुपैयाँ खर्च भएको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालीले यो विषम परिस्थितिमा १ हजारभन्दा बढी परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिए । विपन्न, गरिब तथा दैनिक ज्याला मजदुरी… पुरा पढौ

पोखरा १ मा शव फेला, पोखरा १८ मा काम गर्दागर्दै बेहोस मजदुरको मृत्यु

गएको चैत २८ गते पौडी खेल्न जाँदा बेपत्ता भएका युवाको शव सोमबार भेटिएको छ । पोखरा १ बगरको क्याम्पसको तल सेति नदिको खोंचमा ३ जना साथीसँग माछा मार्न गएका पोखरा १६ दीपका अमृत मगर नदीमा डुबेर बेपत्ता भएको थिए । सोमबार दिउँसो पोखरा १ र वडा नं १६को बीचमा पर्ने सेती नदीको खोँचमा मगरको शव भेटिएको हो । उनको स्थायी ठेगाना गोरखा आरुघाट भएको प्रहरीले जनाएको छ । सोमबार बिहान… पुरा पढौ

मर्स्याङदीमा डुबेर युवा बेपत्ता

file pix : Marsyangi गोरखामा मर्स्याङदीमा डुबेर सोमबार १ जनाको ज्यान गएको छ । दिउँसो ३ बजेतिर पालुङटार नगरपालिका ६ बरडाँडाका धनराज विक नारायणचौर स्थित मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । बेपत्ता युवाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

काठमाडौंमा प्रहरी मृत फेला

प्रहरी बिट, स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका छन् । उनी आइतबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको प्रहरीले जानएको छ । कार्कीको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने प्रहरीको अनुमान छ । पुरा पढौ

पोखरा २८ बित्यानीमा पहिरोले घर भत्कियो

पोखरा महानगरपालिका २८ बित्यानीमा पहिरो जाँदा घर भत्किएको छ । शुक्रबार दिउँसोदेखि परेको अविरल पानीले शनिबार राति आएको पहिरोले बित्यानीमा घर भत्काएको हो । ढुंगा, माटाले बनेको त्यो घरमा बिर्खबहादुर गुरुङको परिवार बस्थ्यो । शनिबार मध्यराति आउको पहिरोबाट भूर्ण रुपमा क्षतिग्रस्त भएको पोखरा २८ का वडाध्यक्ष निर्मल दियालीले बताए । घटनामा मानवीय क्षति भने भएन । पोखरा ३१ र २८ जोड्ने खोलाबेसी बित्यानी सौर्य कनेक्टिङ्ग सडक अन्तर्गतको बित्यानीमा बाटो माथिबाट… पुरा पढौ

महासंकटमा डिभाइन क्लबको साथ : राहत र रक्तदान

कोरोना भाइरस संक्रमण फैलिन नदिन देशभर लागु भएको लकडाउनबीच डिभाइन युथ क्लब नेपाल कास्की र श्यामाश्याम सत्संग पोखरा, न्युरोड शाखाको संयुक्त आयोजनामा शनिबार खुला रक्तदान आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीको प्रविधिक सहयोगमा भएको कार्यक्रममा ३१ जनाले रगत दान गरेका थिए । पोखरा महानगरपालीका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले रकतदातालाई ब्लड ब्याग हस्तान्नतरण गरी रक्तदान सुरु गरेका थिए । वडाअध्यक्ष बरालले निरन्तर सामाजिक सेवामा अग्रसर क्लबले… पुरा पढौ

गाउँपालिका अध्यक्षबाट बैठकमै वडाध्यक्ष कुटिए

पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिकाका वडा नं. ४ का वडाध्यक्ष गाउँपालिका अध्यक्षबाटै कुटिएका छन् । कार्यपालिका बैठकमै अध्यक्ष गुणेन्द्र घर्तीमगरले वडाध्यक्ष गञ्जबहादुर महरा क्षत्रीलाई कुटेका हुन् । १४ औं कार्यपालिका बैठकमा लकडाउनको अवधिमा बैंकहरु खुलाउने दिनबारे छलफल भइरहेको थियो । वडाध्यक्ष क्षेत्रीले अध्यक्षले आफूलाई टाउको र जिउमा हिर्काएको जानकारी दिए । घटनापछि वडाअध्यक्ष क्षत्रीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । अध्यक्ष घर्तीमगर तत्कालीन नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए… पुरा पढौ

वडा सचिव थुनामा, वडाध्यक्ष फरार

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर ९किर्ते० गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ । विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मिति केरमेट गरी फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरको मुद्दा… पुरा पढौ

उपकुलपति र रजिष्ट्रार तत्काल नियुक्ति गर्न प्राध्यापक संघको माग

पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरिएको छ । पोखरा विश्वविद्यालय, प्रजातन्त्रवादी प्राध्यापक संघले हालै एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । संघका अध्यक्ष सञ्जीव थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालय लामो समयदेखि नेतृत्वविहीन बनेकाले तत्काल नियुक्ति गरी विश्वविद्यालयलाई नेतृत्व प्रदान गर्न आग्रह गरिएको छ । लामो समयदेखि विश्वविद्यालयमा शैक्षिक एवम् प्रशासनिक गतिविधि ठप्प भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकोविज्ञप्तिमा उल्लेख गरिएको छ । देशकै… पुरा पढौ

प्रदेशको नीति तथा कार्यक्रमलाई पिन गण्डकीको सुझाव

पिन गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेशका विभिन्न क्षेत्रका ईन्जिनियरहरु, बिज्ञहरु,सरोकारवालासँग परामर्श गरी गण्डकी प्रदेशको २०७७÷२०७८ को नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गरेर शुक्रबार मुख्यमंत्रीसमक्ष पेश गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सुझावहरु गहिरो अध्ययन गरी सकेको कार्यान्वयनमा ल्याउने जनाए । भबिष्यमा ईन्जिनियरिङ जगतसँगै हातेमालो गरी प्रदेश सम्बृद्व बनाउन लागिपर्ने उनले बताए । कार्यक्रमको अध्यक्षता पिन गण्डकी कार्यवाहक अध्यक्ष ई महेन्द्रबहादुर गोदार र सञ्चालन पिन गण्डकी सचिव सुरेश… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं