समाचार

जनप्रतिनिधिलाई खुकुरी प्रहार गर्ने पक्राउ

संखुवासभा खाँदबारी नगरपालिका वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष श्याम निरौलालाई खुकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन्। प्रहरीले २८ वर्षीय सुरेन्द्र तामाङलाई शुक्रबार साँझ निरौलामाथि खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ गरेको हो । तामाङलाई शुक्रबार नै पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । खुकुरी प्रहारबाट निरौलाको टाउकोमा गम्भीर चोट लागेको छ। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका निरौला वडा–५ निर्वाचित वडा… पुरा पढौ

प्रकाशदेवले गराए सबै कर्मचारीको कोरोना बिमा

युवा उद्यमी प्रकाशदेव पालिखेले आफ्ना सबै कर्मचारीको कोरोना बिमा गराएका छन् । पालिखेले आफूले सञ्चालन गरेका फर्मका कार्यरत कर्मचारीको बिमा गरिदिएका हुन् । शिखर इन्स्योरेन्स पोखरा शाखामार्फत पालिखेले प्रन्सु इन्टरप्राइजेज, पालिखे ट्रेडर्स प्रालि, न्यु रारा स्टोर्स र पल्स मार्केटिङमा कार्यरत कर्मचारीको कोरोना बिमा गराएको शिखर इन्स्योरेन्सका पोखरा शाखा प्रमुख शिव सुवेदीले बताए । नेपालमा कोरोना संक्रमणको जोखिम बढेकाले कर्मचारीको बिमा गरिदिएको पालिखेले जानकारी दिए । बिमितको पिसिआर जाँचमा कोरोना पोजेटिभ… पुरा पढौ

लायन्स पोखरा शान्ति स्तुपा चौतारीमा सुवास

लायन्स क्लब अफ पोखरा शान्ति स्तुपा चौतारीको पाँचौं अधिवेशनले सुवास ढुंगानाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । वर्ष २०२० २०२१ का लागि निर्वाचित समितिको निवर्तमान अध्यक्ष उत्तम सिग्देल, प्रथम उपाध्यक्ष रंगिला आचार्य, द्वितीय उपाध्यक्ष शिव पौडेल, तृतीय उपाध्यक्ष सुनिता तिमिल्सिना, सचिव सावित्रा ढुङ्गाना, सहसचिव भगवतीकुमारी खड्का, कोषाध्यक्ष कमलबहादुर रेग्मी र सहकोषाध्यक्ष लीलाबहादुर जिसी छन् । यस्तै, क्लब मेम्बरसीप चेयरपर्सन मिकास गुरुङ, एलसिआइएफ कोअर्डिनेटर विष्णुमाया बराल, सर्भिस चेयरपर्सन असिम गुरूङ,… पुरा पढौ

५८ परिवारलाई बटरफ्लाईको राहत

बटरफ्लाई फाउन्डेसन नेपालले शुक्रबार ५८ परिवारलार्इ राहात वितरण गरेको छ । आर्थिक अभावमा जीविकोपार्जनमै समस्या भएका परिवार चयन गरी राहत वितरण गरिएको हो । पोखरा ६ का अध्यक्ष एवम् वटरफ्लाई फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष जगत पहारी, प्रतिष्ठानका अध्यक्ष गोबिन्दराज पहारी लगायतले उनीहरुलाई राहत वितरण गरे । वडाध्यक्ष पहारीले यस विषम परिस्थितिमा विभिन्न संघ संस्थाले चुलो निभेका परिवारलार्इ सहयोग गर्नु प्रशंसनीय भएको बताए । फाउन्डेसनका अध्यक्ष पहारीले विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीले… पुरा पढौ

पुतलीबजारमा युवाको शव फेला

स्याङ्जाको पुतलीबजार नगरपालिका ११ बेलबासका एक युवा शुक्रबार मृत फेला परेका छन् । पुतलीबजारकै वडा नं १३ झापाकोटको दरौखोला किनारमा वर्ष ३३ का ईश्वर जिजी मृत फेला परेका हुन् । स्थानीयले बिहान ८ बजे शव फेला परेको जानकारी दिएपछि सुरक्षाकर्मीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

लकडाउन उल्लंघन गर्ने प्रदेश सांसद् फर्काइए

लकडाउन उल्लंघन गर्ने प्रदेश सांसदलाई प्रहरीले फर्काइदिएको छ । प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले शुक्रबार बिहान फर्काइदिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले नारायणी पुलबाट कनौडियालाई फर्काइदिएको जानकारी दिए । प्रशासनका अनुसार, कनौडिया सवारी अनुमतिपत्र नलिई आएका थिए । उनलाई सम्झाएर पठाएको सिम्खडाले बताए । लकडाउनलाई कडाइका साथ लागू गरिएको चितवन प्रशासनले जनाएको छ । प्रशासनका अनुसार, दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकारका… पुरा पढौ

पोखरामा राँके जुसुससहित प्रधानमन्त्रीको पुत्ला जलाइयो

नेपाल विद्यार्थी संघले कास्कीमा राँके जुलुससहित प्रधानमन्त्रीको पुत्ला जलाएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै बिहीबार नेविसंघले खहरेचोकदेखि राँके जुलुश प्रदर्शन गर्दै हल्लनचोकमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो । उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘अतिक्रमण बन्द गर’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘भ्रष्ट नेता होशियार’, ‘भारतीय सेना कालापानीबाट फिर्ता गर’ लगायतका नारा लगाएका थिए । कोणसभामा नेविसंघका नेता लक्ष्मण पहारी, नेपाली काँग्रेस पोखरा ६ का ईकाई सचिव… पुरा पढौ

देशैभर लकडाउन कडा, सवारी सञ्चालनका सबै पास रद्ध

संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा कडाइ गरेको छ । सरकारले शनिबारदेखि लागू हुनेगरी सवारी चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गरेको छ । शनिबारदेखि भने जिल्लाभित्रै चलाउन पाउने पास पनि रद्द गरिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध भइसकेका छन् । पछिल्लो समय पासको दुरुपयोग गर्दै मानिसहरुको अनावश्यक रुपमा आउजाउ हुने र भिडभाड हुने गरेको गुनासो बढेको… पुरा पढौ

नेकपा जिल्ला सदस्य गोविन्दलाई पितृशोक

नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) कास्की जिल्ला सदस्य गोविन्दप्रसाद अधिकारीलाई पितृशोक परेको छ । उनका बुबा रविलाल अधिकारीको ८८ वर्षको उमेरमा बिहीवार विहान निधन भएको हो । अन्नपूर्ण–२, सेराचौर निवासी अधिकारी पछिल्लो समय पिसावको समस्याबाट पीडित थिए। उनको बिहीवारै हेमजा स्थित सेतीनदी घाटमा अन्तेष्ठी गरिएको छ । उनलाई छोराहरु गोविन्दप्रसाद, तुलाराम र होमनाथले दागबत्ती दिएका थिए। त्यस्तै उनको प्रार्थिव शरीरमा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का नेता तथा गण्डकी प्रदेशसभा सदस्य दीपक कोइराला, प्रदेशसभा सदस्य… पुरा पढौ

कास्कीमा सवारी पासमा कडाइ

जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ । बुधबार साँझ सूचना प्रकाशित गरी परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने, परिवारका सदस्य एवं सुत्केरी महिलालाई उपचारका लागि जिल्ला बाहिर लैजान एम्बुलेन्स उपलब्ध नहुँदाका अवस्थामा बाहेक सवारी पास जारी नहुने जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले यसअघि कास्कीबाट जिल्ला बाहिरका लागि जारी भएका सवारी पास र अन्य जिल्लाबाट कास्कीका लागि जारी भएका सवारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं