जेठ ८ गते २०७७

ताजा समाचार

जेठ ८ गते २०७७

नोभेलमा कोरोनाको प्रभावबारे वेबिनार



पोखराको न्युरोडमा रहेको नोभेल एकेडेमीको आयोजनामा बिहीबार नेपाली अर्थतन्त्रमा कोडिभ १९ को प्रभावबारे वेबिनार भएको छ ।

वेबिनारमा केएफएका संस्थापक एवं कार्यकारी अध्यक्ष रिस्ता झाले नेपालीको अर्थतन्त्रमा कोभिड १९ को प्रभावबार प्रकाश पारे । उनले यस्तो महासंकटमा नेपाली उद्यमी र सरकारको कस्तो भूमिका हुनुपर्छ भन्ने विषयमा पनि विचार राखे ।

वेबिनारमा नोभलमा आवद्ध शिक्षक, विद्यार्थी गरी करिब सय जना सहभागी थिए । नोभेलमा ए लेभल, बि फर्मेसी, बिएस्सी नर्सिङ, बिबिए र एमबिए अध्यापन हुन्छ ।