जेठ ८ गते २०७७

ताजा समाचार

जेठ ८ गते २०७७

बजार व्यापार बिक्री प्रतिनिधि संघ पोखराको भित्तेपात्रो सार्वजनिक



नेपाल बजार ब्यापार बिक्री प्रतिनिधि संघ पोखराले प्रकाशन गरेको २०७७ सालको भित्तेपात्रो सार्वजनिक भएको छ ।

संस्थाका संस्थापक अध्यक्ष प्रेमराज गौतम र सल्लाहकार सुरज उपाध्यायले संयुक्तरूपमा भित्तेपात्रो सार्वजनिक गरेका हुन् । कार्यक्रममा संस्थापक अध्यक्ष गौतमले विश्वभर महामारीको रूपमा फैलिएको कोरना भाइसले थुप्रैको रोजगारी गुम्ने अवस्था सृजना भएको बताए । अहिलेको विषम परिस्थितिमा उधोगी, व्यावसायी र कम्पनी प्रतिनिधि मिलेर उद्योग, व्यवसाय र रोजगारीको संरक्षण गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

भौतिक दूरी कायम गरेर गरिएको उक्त कार्यक्रममा सल्लाहकार सुरज उपाध्यायले पछिल्लो परिस्थिति झन् बिग्रदै गएको उल्लेख गरे । उनले कम्पनी राम्रोसँग नचल्दा कम्पनी प्रतिनिधिको मात्रै नभएर बजारसँग जोडिएर रोजगार पाएका सबै मजदुरको दैनिक अवस्था झन् बिग्रदै गएको उनले औंल्याए ।

संस्थाका अध्यक्ष सुरेन्द्रराज अधिकारी अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव राजु सुवेदी र स्वागत हरि ढुंगानाले गरेका थिए । सम्पूर्ण कम्पनी प्रतिनिधि एक हौं, उधोग, व्यवसायीको रक्षा गरौं, रोजगारीको संरक्षण गरौं भन्ने प्रमुख लक्ष्यका साथ यो संस्था स्थापित भएको हो ।