मंगलबार बिहान पर्वतको कुश्मामा महिलाको शव फेला परेको छ । बिहान करिब ८ बजे कुश्मा १ राजाको बगर स्थित कालीगण्डकी नदीमा ३२ वर्षीय विष्णु जैशीको शव फेला परेको हो ।
नदीमा शव रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई शव नदीबाट बाहिर निकालीको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।






