सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले बिनापास गाउँपालिका प्रवेश गर्नेसँग जरिवाना लिने भएको छ ।
कोही व्यक्ति लुकिछिपी गाउँपालिका क्षेत्र प्रवेश गरेको पाइएमा ५ हजार जरिवानासहित जहाँबाट आएको उतै फर्काउने निर्णय गाउँपालिकाले गरेको छ । लुकिछिपि प्रवेश गर्नेको जानकारी दिनेलाई नाम गोप्य राखी पुरस्कृतसमेत दिइने कार्यवाहक अध्यक्ष टाँसी ल्हामु शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।






