जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय मोरङका सिडिइ आनन्दकुमार झा बुधबार पक्राउ परेका छन् ।
झाले नदी तटबन्धन नियन्त्रणसम्बन्धी कार्यका लागि थप बजेट निकासा गरिदिने प्रयोजनार्थ आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं। १ विराटनगरमा कार्यरत कर्मचारीलाई १० हजार घुस दिने सम्बन्धी उजुरीका बारेमा बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
झालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नं १ विराटनगरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवत्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।






