घरबाट निस्केको भोलिपल्ट महिला घाइते फेला

पोखरा महानगरपालिका १४ खाल्टे मसिनाकी एक महिला घरबाट निस्केको भोलिपल्ट घाइते अवस्थामा फेला परेकी छिन् ।

सोमबार दिउँसो करिब ४ बजे ३५ वर्षकी विष्णुमाया कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन् ।

मादक पदार्थ सेवन गरेकी उनलाई श्रीमानले खोजतलास गर्दै जाने मंगलबार बिहान पोखरा १४ को गोरखा भिलेज नजिकै घाईते अवस्थामा फेला परेका हुन् । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।