कास्कीको रुपामा ट्याक्टर दुर्घटना हुँदा ७ घाइते

शनिबार दिउँसो कास्कीको रुपा गाउँपालिका ५ वेतेनीमा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन

देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग १ त ४१७२ नंको ट्याक्टर आफैै अनियन्त्रित भई सडकबाट सय मिटर तल पल्टदाँ ट्याक्टरमा सवार ७ जना घाइते भएका हुन् । यसरी घाइते हुनेमा ट्याक्टर चालक मादी गाउँपालिका ८ भगवतिटारका लक्ष्मण विक, पोखरा ३२ राजचौताराकी कोपिला सुनार, जेशिका सुनार, दिपेश सुनार, पोखरा २६ बुढिबजारकी बुद्धिमाया सुनार, वीरबहादुर मगर र
कैलाली घर भई हाल मादी गाउँपालिका ८ भगवतिटार बस्ने हस्तबहादुर बुढामगर छन् ।

घाइतेहरुलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।