४५ परिवारलाई राहत


पोखराका विभिन्न टोलमा बसोबास गर्ने विपन्न ४५ परिवारलाई शुक्रबार राहत वितरण गरिएको छ ।

उनीहरुलाई ६० हजारको चामल, दाल, नून, तेल लगायतका खाद्यान्न प्रदान गरिएको हो । पोखरा ८ नागबेली मार्गकी तिलकुमारी घमालका बाल्टीमोर, अमेरिकामा रहेका छोरीज्वाई श्रीकुमारी घमाल र रविलाल घमाल सेन्चुरी तथा कान्छीछोरी ज्वाई जुनु घमाल रामदाम र गोपाल रामदामको सहयोगमा सो रकम संकलन भएको हो ।

रुद्र घमाल र हरि घमाल, मिनकुमारी बुढा र तारा घमाल लगायतको उपस्थितिमा नागबेली टोल विकास संस्थाका अध्यक्ष शारदा गिरी र पोखरा ८ का वडा सदस्य पुष्पराज सिग्देलको समन्वयमा भौतिक दुरी कायम गरी राहत बाँडिएको हो ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं