पोखरा १३ मा शव फेला

बिहीबार बिहान पोखरा १३ मा एक पुरुषको शव फेला परेको छ । बिहान ६ बजेतिर
पोखरा १३ दुईकुलाको मुहान स्थित ड्याममा करिब ४० वर्षका पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।

पानीमा तैरिएको अवस्थामा भेटिएको शवको पहिचान हुन नसकेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।