बिहीबार बिहान तनहुँको बन्दिपुर गाउँपालिका २ गोलडाँडामा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ ।
करिब साढे ११ बजे वर्ष ६५ का गणेशबहादुर आलेलाई कपडा सुकाउने क्रममा बिजुलीको नाङ्गोतारबाट करेन्ट लागेको हो । करेण्ट लागी घाईते उनलाई उपचारका लागि बन्दिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।




