पोखरा २८ ठूलाकोटमा भ्यू टावर बन्दै


पोखरा महानगरपालिका वडा नं. २८ ठूलाकोटमा ठूलाकोट भ्यूटावर बन्ने भएको छ । सोमबार जिल्ला समन्वय प्रमुख वैनबहादुर अधिकारी क्षेत्री र पोखरा २८ का अध्यक्ष निर्मल दियालीले संयुक्त रुपमा कोट शिलान्यास गरे ।

प्रदेशसभा सदस्य मनबहादुर गुरुङद्वारा विनियोजित संसद विकास कोषको २५ लाख लागतमा कोट निर्माण हुन लागेको हो । कार्यक्रममा समन्वय प्रमुख अधिकारी क्षेत्रीले ठूलाकोटको ऐतिहासिक महत्वलाई प्रचार गर्दै पर्यटकीय स्थल बनाउन यथासक्य भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरे । उनले जिल्लामा रहेका कोटहरु, धार्मिक स्थल र प्राकृतिक सम्पदा प्रवद्र्धन गर्दै विकास र समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष दियालीले अहिले ओझेलमा परेको कास्कीका कोटमध्येको ठूलो ठूलाकोटमा भइरहेको योजनावद्ध विकासले यो क्षेत्र पर्यटकीय गन्तव्य स्थल बन्ने बताए । यो कोटबाट मादी गाउँपालका, सुन्दर हिमशृंखला र सात ताल देखिन्छन् ।

पुरातत्व विभागले पनि यहाँ केही संरचना बनाउँदै छ । अध्यक्ष दियालीले भने, ‘महानगर, प्रदेश र संघसाग समन्वय गरी यथाशक्य चाडो भ्युटावर निर्माण गरिनेछ ।’ वडामा पूर्वाधार निर्माण, सिढीबाटो, कालभैरव मन्दिर व्यवस्थापन लगायतका कार्यसमेत भइरहेको उनको भनाइ छ ।
कार्यक्रमाम ठूलाकोट धार्मिक विकास समिति अध्यक्ष ऋषिराम त्रिपाठी, समाजसेवी भीमनाथ कुईकेल लगायतले बालेका थिए । कार्यक्रममा निर्माण समिति अध्यक्ष शिव गिरी, नारायण कुइकेल लगायतको उपस्थिति थियो ।

यसैबीच सोमबार नै रेडक्रस उपशाखा २८ को आयोजना, स्थानीय युवा क्लबको व्यवस्थापन र वडा कार्यालयको सहयोगमा घुम्ती रक्तदान आयोजना गरिएको छ । वडाका रैकर, सौर्य, ओख्ले, कालिका र सुर्केमैदानमा घुम्ती रक्तदान आयोजना गरिएको हो ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं