पूर्वमन्त्री उत्तमबहादुर पुनले पोखरा १० का विपन्न ५० घर परिवारलाई खाध्यन्न सहयोग गरेका छन् । समाजसेवामा क्रियाशील उत्तम पुनले पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङ, वडा सदस्य समरबहादुर श्रेष्ठसहितको सम्लग्नतामा चामल, दाल, तेल र नुन लगायत खाद्य सामग्री वितरण गरेका हुन् ।
सामाजिक कल्याण प्रतिष्ठानका सर्वमान्य संरक्षकसमेत रहेका समाजसेवी पुनले ७५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरेका छन् । वडाध्यक्ष राजकुमार गुरुङले पूर्वमन्त्री पुनको सहयोगले वडामा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिलेको बताए ।
पूर्वमन्त्री पुनले सामाजिक कल्याण प्रतिष्ठान नेपालमार्फत् आफूले नियमित सहयोग गर्दै आएको बताए । वडा सदस्य समरबहादुर श्रेष्ठ, समाजसेवी डम्वरबहादुर गुरुङ लगायतले पूर्वमन्त्री पुनको सहयोगले वडालाई टेवा पुगेको बताएका थिए । वडा कार्यालय गेटमा वितरण गरेको सामग्री लिन कमजोर आर्थिक अवस्था भएका स्थानीयको उपस्थिति थियो ।






