अनलाइनबाट ५ दिने योगा कक्षा

जेसिआई पोखरा लेडीले आयोजना गरेको पाँच दिने अनलाईन योगा कक्षा सकिएको छ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन बिगत दुई महिनादेखि संसारका अधिकांश मुलुकमा भइरहेको लकडाउनका कारण मानिसमा बढ्दै गइरहेको शारीरिक तथा मानसिक असन्तुलन हटाएर स्वस्थ र बनाउन यस खालको प्रयास थालिएको हो ।

पोखरा लेडी जेसीजले लकडाउनमा बसिरहेका आफ्ना सदस्यलाई लक्षित गरी योगा कक्षा चलाएको हो । कार्यक्रममा जेसिआई पोखरा लेडीका अध्यक्ष जेसी शोभा भुजेलको अध्यक्षता, र बर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष मञ्जू शाह ठकूरीको प्रमुख आतिथ्यता थियो ।

पोखरा लेडि जेसीका डाइरेक्टर तथा कृष्टल मण्टेश्वरीकी डाइरेक्टर रिना पौडेलको प्रमुख प्रशिक्षण तथा संयोजकत्वमा प्रशिक्षण भएको हो । पोखरा लेडिका सम्पूर्ण सदस्यको शारिरीक एवं मानसिक तन्दुरुस्तितालाई मध्यनजर गरी प्रबिधिको प्रयोग गरी बिभिन्न योग आसन, तथा खेल तथा नाचको माध्यमबाट कार्यक्रम सम्पन्न भएको अध्यक्ष भुजेलले बताइन् ।

औपचारिक कार्यक्रम जेसीआई पोखरा लेडी वर्ष २०२० का महासचिव गायत्री फुयालले सञ्चालन गरेकी थिइन् भने अनलाईन योगा कक्षाको पहिलो दिनको कार्यक्रममा जेसीआई पोखरा लेडीका महासचिव गायत्री फुयालको आस्था पाठ, वर्ष २०२० का कोषाध्यक्ष लक्ष्मी अधिकारी को स्वागत मन्तव्य राखेका थिए । एरिया खका तालिम संयोगक पायल शर्मा र वर्ष २० का लागि राष्ट्रिय उपाध्यक्ष मञ्जू शाह ठकुरी तथा राष्ट्रिय तालिम आयुक्त शिव सुबेदीले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

समापनका दिनको कार्यक्रममा जेसी सुनीता गौतम भण्डारीको आस्था पाठ, कार्यक्रम संयोजक तथा संचालक वर्ष २०२० का महासचिव गायत्री फुयालको स्वागत मन्तव्य राहेको थियो । कार्यक्रममा हेटौंडा लेडी जेसजका अध्यक्ष सुशिला पौडेल र जेसीआई शारदा नगरका अध्यक्ष प्रमिशा काफ्लेले शुभकामना मन्तव्य राखेको मिडिया संयोजक सम्झना थापा क्षेत्रीले जानकारी दिइन् ।

यसरी विद्युतीय माध्यमबाट योगा कक्षा चलाउँदा र आफ्ना साथीहरुलाई योग सिकाउन पाउँदा आफू हर्षबिभोर भएको प्रमुख प्रशिक्षक रिना पौडेलले बताइन् । उनले कक्षामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै योगालाई सबैले दैनिकी बनाउनुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा सहभागीको तर्फबाट पूर्व सदस्य पार्वता पाण्डे रसंजीता अधिकारीले बोलेक थिए ।कार्यक्रमको अध्यक्षता पोखरा लेडी जेसीज वर्ष २० का अध्यक्ष शोभा भुजेलले गरेकी थिइन् ।