पहिरोले विस्थापितलाई पोखरा २८ को सहयोग

पहिरोले घर भत्किदा विस्थापित भएको पोखरा २८ को परिवारलाई पोखरा महानगरपालिका वडा नं २८ ले शनिबार सहयोग गरेको छ ।

पोखरा २८ को बेत्यानी भन्ने ठाउँमा गत जेठ ९ गते राति वर्षासँगै आएको पहिरोले घर भत्किँदा वृखबहादुर गुरुङको घर भत्केको थियो । गुरुङको परिवारलाई वडाध्यक्ष निर्मल दयालीले वडाको तर्फबाट राहतस्वरुप १५ हजार नगद गरे ।

दियालीले स्थानीय सरकारले नागरिकलाई तत्काल राहत दिने प्रयत्न गरेको उल्लेख गरे । वडाको विपत व्यवस्थापन तथा उद्धार कोषबाट रकम यो रकम प्रदान गरिएको उल्लेख गर्दै उनले थप क्षतिपुर्तिका लागि महानगरपालिका तथा अन्य संवन्धित निकायमार्फत पहल गर्ने आश्वासनसमेत दिए ।

घर भत्केको भोलिपल्ट नै स्थलगत अवलोकन गरी दियालीले प्रभावित परिवारलाई बस्ने खाने प्रबन्ध मिलाएका थिए । गुरुङको परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसेका छन भने उनका दुई छोरा रोजगारीको शिलशिलामा विदेशमा छन् ।