क्रियाशील महिला पत्रकारलाई अल नेपाल होमियोप्याथिकको साथ

अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेशले पोखराका क्रियाशील पत्रकार महिलालाई रोग प्रतिरोध क्षमता बढाउने औषधी आर्सनिक एल्ब ३० सि साथै सुरक्षा सामग्री प्रदान गरेको छ ।

आइतबार पोखरामा कार्यक्रम गरी अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश अध्यक्ष डा विष्णुप्रसाद चापागार्इँले क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) गण्डकी प्रदेश अध्यक्ष सरिता तिम्सिना पगेनीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

डब्लुडब्लुजे अध्यक्ष पगेनीले विपदको समयमा रिपोटिङ गर्दा पत्रकार महिलाले थप सुरक्षित र जिम्मेवार बन्नुपर्ने बताइन् । पत्रकारिता पेशा चुनौतिपूर्ण भएको उल्लेख गर्दै उनले कोरोना कहरले थप चुनौती थपेको विचार राखिन् ।

अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश अध्यक्ष चापागाईले कोरोना कहरका बीचमा पनि अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारको रोग प्रतिरोधात्मक शक्ति बढाउनका साथै सुरक्षित भएर काम गर्ने वातावरण बनाउन सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको जनाए ।

आर्सनिक एल्ब ३० सिको प्रयोगले मानिसको शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने उल्लेख गर्दै उनले बिश्व स्वास्थ्य संगठनले समेत शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन जोड दिइरहेको बताए । नेपालमा होमियोप्याथिकको बिषयमा आम नागरिकलाई जनचेतना जगाउनुपर्नेमा उनले जोड दिए ।

अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष किरण गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरामा सञ्चालित आरोग्य होमियो फार्मेसी इन्द्रचोक, किरण होमियो फार्मेसी रामबजार, नवजीवन होमियो फार्मेसी इन्द्रचोक, लाइफकेयर होमियो फार्मेसी इन्द्रचोक, संकल्प होमियो फार्मेसी बगर, पद्यमाश्री होमियो फार्मेसी न्युरोड र दीप ज्योति होमियो फार्मेसी गौरीमार्गले अग्रपत्तिमा रहेका काम गर्ने पत्रकार, सुरक्षाकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, जनप्रतिनिधि, सामाजिक अभियान्ताहरुलाई आर्सेनिक एल्ब ३० सि निशुल्क वितरण गरिएको जानकारी दिइन् ।

एसोसिएसन गण्डकी चापागाइको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन डा दिलीप पाण्डेले गरेका थिए । कार्यक्रममा एसोशिएसन गण्डकी प्रदेशका द्धितिय उपाध्यक्ष किरण गुरुङले कार्यक्रममा सहभागी पत्रकार महिलालाई मास्क, सेनिटाइजर, ग्लोव्सका साथै आर्सेनिक एल्ब ३० सि वितरण गरेकी थिइन् ।