मोटरसाइकल किनेको खुसी साथीहरुसँग साट्न निस्केका एक युवा मृत फेला परेका छन् ।
शनिबार ९ बजे अमित रसाइली साथीहरुसँग रमाइलो गर्न भनी पोखरा ३३ को बाघमारा चौर गएका थिए । उनी पोखरा महानगरपालिकाको पटनेरीमा बस्थे । उनी हराएको भनी आइतबार खबर प्राप्त हुनासाथ उक्त स्थानमा पुगेको प्रहरीले पोखरा ३२ को सेती नदीमा अमृतलाई मृत फेला पारेको हो ।
अमितसँग गएका ४ जनाउपर आवश्यक सोधपुछ तथा घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




