पोखरा–बागलुङ राजमार्गमा पर्ने पर्वतको कुश्मा नगरपालिका ८ चुवामा गाडीबाट हाम फालेर आत्महत्या प्रयास गर्ने युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ घर भएका ३९ वर्षीय चन्द्रबहादुर नेपालीलाई उपचारका लागि पोखरा ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।
उनीसहित भारतबाट फर्किएका १७ जनालाई गाडीबाट क्वारेन्टिनमा राख्न लगिँदै थियो । लु २ ख ४२२० नम्बरको बसमा आएका नेपालीले गाडी रोकिएको बेला एक्कासी हाम फालेको र उपचारका लागि पोखरा ल्याउँदै गर्द मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।






