खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षको निधन

खोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष डिङम दोर्जी शेर्पाको मंगलबार निधन भएको छ ।

३९ वर्षीय उनी आन्द्राको क्यान्सरबाट पीडित थिए । शर्पा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।