अस्पतालको एम्बुलेन्सबाट गाँजा बरामद

बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज तथा टिचिङ अस्पतालको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद भएको छ।

वीरगञ्‍ज महानगरपालिका वडा नं। २७ रामपुर टोलमाना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो। प्रहरी अधिकृतसहितको टोलीले एम्बुलेन्सबाट गाँजासहित तीनजनालाई पक्राउ समेत गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले जानकारी दिएका छन्।

रामपुर टोलमा गाँजा ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको र सोही क्रममा अल्पाइन अस्पतालको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको डीएसपी थापाले बताए। पक्राउ परेका व्यक्तिसहित एम्बुलेन्स र गाँजा बुधबार नै पर्सा प्रहरीले सार्वजनिक गरेको छ।
गाँजासहित पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीनगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाइबा, सोही ठाउँ बस्ने शोभा सिंह वाइबाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाइबा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामईश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो छन् ।