समाचार

पोखरा महानगरमा पत्रकार उपचार कोष

पोखरा महानगरले पत्रकार उपचार कोष स्थापना तथा सञ्चालन गर्ने भएको छ । महानगरका मेयर मानबहादुर जिसीले बुधबारको सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । नगरसभामा ३/४ दिनको छलफलपछि नीति, कार्यक्रम र बजेट पारित हुने प्रवक्ता धनबहादुर नेपालीले बताए । पुरा पढौ

नपढाई शुल्क लिन खोज्ने प्याब्सनलाई अनेरास्ववियूको १४७ रुपैयाँ

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)ले कोरोना महामारीमा बन्द अवधिको समेत शुल्क उठाएको भन्दै नेकपाकै विद्यार्थीहरु विरोधमा छन् । पोखराको महेन्द्रपुलमा मंगलबार अनेरास्ववियूका नेताहरुले सर्वसाधरणबाट पैसा उठाएर प्याब्सन केन्द्रको खाता नम्बर ००१००६०२६६१७५ मा १ सय ४७ रुपैयाँ जम्मा गरे । यसअघि प्याब्सनले निजी विद्यालय पनि संकटमा रहेको भन्दै विद्यार्थी भर्ना गर्न, पुरानो र नयाँ शुल्क समेत तिर्न आग्रह गरेको थियो । अनेरास्ववियुका केन्द्रीय नेता क्षितिज सापकोटाले स्कुलहरु बन्द रहे पनि… पुरा पढौ

क्वारेन्टिनमै आत्महत्या

बझाङमा १ युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामीले क्वारेन्टिनमा युवकले आत्महत्या गरेको जानकारी दिए । ती ३० वर्षीय युवा वडा नं. ७ को क्वारेन्टिनमा थिए । पुरा पढौ

पर्वतीय संग्रहालयमा कर्मचारी युनियन गठन

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा १७ मा कर्मचारी युनियन गठन गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा सञ्चालित संग्रहालय परिसरमा आयोजित कर्मचारीको भेलाले राजन जोशीको अध्यक्षतामा ९ सदस्यीय कर्मचारी युनियन गठन गरेको हो । सो तदर्थ समितिको सचिवमा विकल लामा, कोषाध्यक्षमा भावना शर्मा तिमिल्सिना एवम् सदस्यहरुमा विजय लामा, लेखबहादुर भुजेल, सरिता कँडेल, रामबहादुर थापा, सरस्वती नेपाली र सिर्जना गौतम छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश… पुरा पढौ

स्याङ्जाका युवाले बनाए बादर धपाउने यन्त्र

नेपालका धेरै गाउँमा बांदर आतंक छ । बालीनालीमा मात्रै होइन, घरमै छिरेर बादरले दुख दिएका घटना छन् । जति दुःख गरे पनि बाली भित्र्याउने बेलामा बादरले सत्यनास पारेपछि कतिपय किसानले आफ्नो जग्गासमेत बाझै छोडेका छन्। आफ्नो गाउँमा बादरको बिमाखले हैरान भएपछि साहै चिन्तित थिए पुतलीबजार ३ दोरंगाथर स्याङ्जाका युवा । उनीहरुले छिमेकी भारतका युवाले बादर धपाउने यन्त्र बनाएको थाहा पाए। रामचन्द्र दोरंगा, रोशन दोरंगा, नवराज दोरंगा , हुमनारायण शर्मा लगायतका… पुरा पढौ

पत्रकार कञ्चन थापाले दिइन् व्यवसायीलाई घरभाडामा छुट

बन्दाबन्दीले समस्यामा परेका भाडावाल व्यवसायीलाई सञ्चारकर्मी कञ्चन थापा र उनका श्रीमान नगेन्द्र कोइरालाले भाडामा सहुलियत दिएका छन् । पोखरा महानगरपालिका वडा न ५ पस्याङ्रको उनीरुको घरमा भाडामा रहेको ‘मल्टि स्टार मोटर प्रालि’ र स्टार जोनको शो रुमलाई ३ महिनाको भाडामा ५० प्रतिशत छुट दिएको थापाले जानकारी दिइन् । ‘अहिलेको अवस्था सहज छैन, घरधनीका पनि आफ्नै समस्या छन् । व्यवसाय नै सञ्चालन हुन नसक्दा व्यवसायी झन् मर्कामा छन् । त्यसैले हामीले… पुरा पढौ

संविधान संशोधन विधेयक प्रमाणीकरण

लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमाणीकरण गरेकी छिन्। विधेयक बिहीबार राष्ट्रियसभाले सर्वसहमतिले पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए। राष्ट्रपति कार्यालय पुगेको केही घण्टा पनि बित्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेकी हुन् । प्रमाणीकरण भएपछि अब लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ। नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय… पुरा पढौ

नेलम्बो नेपालले दियो प्रेस संगठनलाई स्वास्थ्य सामग्री

पोखरा ४ स्थित नेलम्बो नेपालले प्रेस संगठन कास्कीलाई बुधवार स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ। हाल विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै अग्र भागमा खटिने पत्रकारलाई सुरक्षित रहेर आफ्नो कार्यमा खटिन सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको हो । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक डा. किसन कोइराला र सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले ती स्वास्थ्य सुरक्षा सामग्री संगठन कास्कीका… पुरा पढौ

शिक्षामा गुणस्तर सुधारौं, आवासीय शिक्षालय बनाऔं : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिद्यालयमा अब प्राविधिक शिक्षा र मर्जरसँगै आवासीयसहितको बिद्यालयको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताएका छन् । उनले शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । बुधबार पोखरा २२ स्थित शुक्रराज मावि र माविको खेल मैदानको अवलोकन पश्चात पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले माध्यमिक तहको शिक्षाको आमूल परिवर्तन गर्न मर्जर र गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरेका हुन्। शुक्रराज माविले हाल संचालन गरेको… पुरा पढौ

महानगरको न्यायिक इजलास बुधबारबाट

पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ । सरकारले गत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि न्यायिक समितिले अनलाइन मार्फत उजुरी दर्ता गर्नै ब्यवस्था गरेको थियो । लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले समितिले अनलाइन मार्फत् उजुरी दर्ता गर्ने व्यवस्था मिलाएको थियो भने इजलासबाट हुने न्यायिक सेवा स्थगित गरेको थियो । सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएपछि समितिको मंगलबार बसेको बैठकले आउदो बुधबारबाट इजलास… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं