समाचार

सलह किलोको ३ सयमा किन्दै स्थानीय सरकार

स्याङ्जाको आँधीखोला गाउँपालिकाको सलह नियन्त्रणका लागि फरक योजना अघि सारेको छ । गाउँपालिकाले १ केजी सलह ल्याउनेलाई ३ सय दिने भएको छ। वडा नं १ पंचमुलमा पनि सलह कीराको झुण्ड देखिएको उल्लेख गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत गेदुराम ढकालले सजग हुन अनुरोध गर्दै पालिकका बासिन्दाले सलह जम्मा गरी ल्याए रकम दिइने बताए । गाउँपालिकाले सलहबाट हुने क्षति कम गर्न आगो बाल्ने, धुँवा बनाउने, थाल ठटाउने, स्पीकर लगाउने आदि उपाय गर्न… पुरा पढौ

कर्मचारीले किसानलाई बुझ्नु पर्छ : कार्की

नेपाल खानेपानी संस्थान पोखराका प्रमुख आशीष कार्कीले कर्मचारीले किसानसँग मेहनतको पाठ सिक्न सक्नुपर्ने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराले आयोजना गरेको असारे पन्ध्रसँगै दहिच्युरा खाने कार्यक्रममा शुभकामना दिँदै असारको किसानजस्तै कर्मचारीले वर्षभर सेवाग्राहीको सेवामा लाग्न सुझाव दिए । कर्मचारी संघ इकाई समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको सभामा इन्जिनियर कार्कीले पोखरेली उपभोक्ता निकै सचेत र पूर्ण प्रविधिमैत्री भएको आफूले पाएको उल्लेख गरे । कार्कीले कर्मचारीबीचको… पुरा पढौ

माउण्ट अन्नपूर्णमा अंग्रेजी निबन्ध प्रतियोगिता

माउण्ट अन्नपूर्ण माविले कक्षा ११ र १२ का विद्यार्थीबीा खुल्ला अन्तर सेक्सन अंग्रेजी निबन्ध लेखन प्रतियोगिता गरेको छ । प्रतियोगितामा प्रथम कक्षा ११ होटल व्यवस्थापन संकायमा अध्ययनरत छात्र संगित रोक्का, द्वितीय कक्षा १२ होटल व्यवस्थापन संकायमा अध्ययनरत छात्रा मिनाक्षी तिलिजा र तृतीय तथा सान्त्वना स्थान कक्षा ११ ब्यवस्थापन संकायमा अध्ययनरत छात्राहरु क्रमशः ममता के.सी.र प्राप्तिराज्य लक्ष्मी राणा बने । १२ वटै सेक्सनबाट ९३ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमबारे विद्यालयका प्राचार्य… पुरा पढौ

सरकारी कागज किर्ते अभियोगमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको आरोपमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ। एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ। उनीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा),… पुरा पढौ

मेयरले धम्की दिएर कार्यक्रम स्थलबाट पत्रकार निकाले

नेपाल पत्रकार महासङ्घले नुवाकोटस्थित विदुर नगरपालिकाकोे निमन्त्रणामा सातौँ नगरसभाको समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई नगरपालिकाका प्रमुखले नगरसभाको समाचार सङ्कलन गर्न नमिल्ने भन्दै समाचार सङ्कलनमा रोक लगाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्तिमार्फत यही असार १० गते नगरसभाको निमन्त्रणा पाएपछि समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई सभामा केही जनप्रतिनिधिहरुले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि नगरपालिकाका प्रमुखले ‘पत्रकारका कारण सभा अमर्यादित हुनसक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै समाचार सङ्कलनमा… पुरा पढौ

तीन पाने रक्सी ब्रान्डिङ गर्दै स्थानीय सरकार

धरान उपमहानगरपालिकाले ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङ गर्ने भएको छ । नगरापालिकाले तीन पाने रक्सीलाई ब्रान्डिङ गर्ने गरी आर्थिक वर्ष ०७७७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो समावेश छ । ‘‘आदिवासी जनजातिहरूको पुस्तैनी कला र संस्कृतिको रूपमा रुपान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’ लाई पहिचान र प्रवद्र्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिनेछ । यसका… पुरा पढौ

प्रहरी इन्स्पेक्टर घूससहित पक्राउ

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की घूस लिएको रकमसहित पक्राउ परेका छन् । कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी हिमालय बिक्रम बिष्टमार्फत सेवाग्राहीसँग ५० हजार लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो । उनीसँगै कानुन व्यवसायी हिमालय बिक्रम बिष्टलाई पनि नियन्त्रणमा लिइएको छ । उनीहरुलाई उक्त रकमसहित धनगढी उप महानगरपालिका वडा नं १ बाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार… पुरा पढौ

पाल्पाली सहकारीको दोस्रो वार्षिकोत्सवमा रक्तदान

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को दोस्रो वार्षिकोत्सव अवसरमा पोखरामा बिहीबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४७ यूनिट रगत संकलन भयो । कोभिड–१९ को कारण नियमित रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव हुन सक्ने भएकोले सहकारीको वार्षिकोत्सव अवसर पारेर सो कार्यक्रम गरिएको सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि. र पाल्पाली समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग थियो ।… पुरा पढौ

बालबालिकासम्बन्धी कार्यक्रम र बालमैत्री महानगर बनाउन २५ लाख

पोखरा महानगरले बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गर्न र बाल मैत्री महानगरपालिका घोषणाका लागि सूचकांक प्राप्त गर्न २५ लाख बजेट विनियोजन गरेको छ । बुधबार प्रस्तुत महानगरको बजेटमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई महानगरभित्र यातायातामा छुटको व्यवस्था मिलाउन २० लाख बजेट विनियोजन गरेको छ । पत्रकार सामाजिक सुरक्षाका लागि पत्रकार उपचार कोष सञ्चालनलाई निरन्तरता दिदै २० लाख बजेट विनियोजन भएको छ । सामाजिक विकासतर्फका कार्यक्रमका लागि संघीय अनुदानबाट १ करोड १९… पुरा पढौ

महिलालाई स्वरोजगार बनाउन उपप्रमुखसँग महिला कार्यक्रम

पोखरा महानगरले उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिएको छ । ‘समृद्घि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान व्यवहार’ को नारालाई आत्मसाथ गर्दै महानगर क्षेत्रभित्र महिला सशक्तीकरण र उद्यमशीलता विकासका लागि उपप्रमुखसँग महिला कार्यक्रमलाई कोरोनाबाट रोजगारी गुमेका महिलालाइ स्वरोजगार बनाउनका लागि सञ्चालन गरिने मेयर मानबहादुर जिसीले बुधबार पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं