सलह किलोको ३ सयमा किन्दै स्थानीय सरकार

स्याङ्जाको आँधीखोला गाउँपालिकाको सलह नियन्त्रणका लागि फरक योजना अघि सारेको छ ।

गाउँपालिकाले १ केजी सलह ल्याउनेलाई ३ सय दिने भएको छ। वडा नं १ पंचमुलमा पनि सलह कीराको झुण्ड देखिएको उल्लेख गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत गेदुराम ढकालले सजग हुन अनुरोध गर्दै पालिकका बासिन्दाले सलह जम्मा गरी ल्याए रकम दिइने बताए ।

गाउँपालिकाले सलहबाट हुने क्षति कम गर्न आगो बाल्ने, धुँवा बनाउने, थाल ठटाउने, स्पीकर लगाउने आदि उपाय गर्न पनि आग्रह गरेको छ ।