पहाडले घेरिएको सुन्दर छ नि ठाउँ
पोखराको नजिकै छ मेरो सानो गाउँ
सफा हुन्छ हावा यहाँ, सफा छ नि पानी
धेरै छन् मान्छेहरु, राम्रो छ है बानी ।
मन्दिर छन् धेरै यहाँ, रुख भएको ठाउँ
सबै जना रमाउने, रमाइलो गाउँ
सधै देख्न पाइन्छ नि सेतो, राम्रो हिमाल
रामघाट गाउँ अनि देश हो नि नेपाल ।
घरैबाट देख्छु मैले गुम्बा अनि काहूँ
सात तालको सहरमा सुन्दर मेरो गाउँ
जब हिमाल मुस्काउँछ, अल्छी पनि भाग्छ
साच्चै मलाई मेरो गाउँ स्वर्ग जस्तो लाग्छ ।
प्रविधि ताराकुन्ज सेकेण्डरी स्कुल कक्षा ५ मा पढ्छिन् ।
हाम्रो अनुरोध
नेपालदुतमा कविता, कथा, लेख, रचना छाप्न चाहने बाबुनानीहरु हामीलाई लेखेर वा फोटो खिचेर nepaldutnews@gmail.com मा इमेल पठाऊ । आफ्नो फोटो, नाम, ठेगाना र सम्पर्क नम्बर पनि पठाउन नभुल्नू ।
अभिभावक, पाठक महानुभावहरु यहाँहरु आफ्ना नानीबाबुका सिर्जना, लेख, रचना छपाउन हामीलाई बालबालिकाको फोटो, ठेगाना, यहाँहरुको सम्पर्क नम्बरसहित nepaldutnews@gmail.com मा इमेल गर्न सक्नुहुन्छ ।