जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की घूस लिएको रकमसहित पक्राउ परेका छन् ।
कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी हिमालय बिक्रम बिष्टमार्फत सेवाग्राहीसँग ५० हजार लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनीसँगै कानुन व्यवसायी हिमालय बिक्रम बिष्टलाई पनि नियन्त्रणमा लिइएको छ । उनीहरुलाई उक्त रकमसहित धनगढी उप महानगरपालिका वडा नं १ बाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।






