धरान उपमहानगरपालिकाले ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङ गर्ने भएको छ ।
नगरापालिकाले तीन पाने रक्सीलाई ब्रान्डिङ गर्ने गरी आर्थिक वर्ष ०७७७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो समावेश छ ।
‘‘आदिवासी जनजातिहरूको पुस्तैनी कला र संस्कृतिको रूपमा रुपान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’ लाई पहिचान र प्रवद्र्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिनेछ । यसका लागि सरोकारवाला पक्षहरूसँग समन्वय गरी प्रशोधन र ब्राण्डिङसमेत गरिनेछ, ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।




