पोखरा महानगरमा पत्रकार उपचार कोष

पोखरा महानगरले पत्रकार उपचार कोष स्थापना तथा सञ्चालन गर्ने भएको छ ।

महानगरका मेयर मानबहादुर जिसीले बुधबारको सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । नगरसभामा ३/४ दिनको छलफलपछि नीति, कार्यक्रम र बजेट पारित हुने प्रवक्ता धनबहादुर नेपालीले बताए ।