पोखरा सभागृह मर्मत सम्भार गर्न १ करोड

गण्डकी सररकारले पोखरा सभागृह मर्मत सम्भारसहित स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शनिबार प्रदेशसभामा पेश गरेको बजेटमा यसका लागि १ करोड विनियोजन भएको छ ।

पोखरा महानगरपालिकासँगको साझेदारीमा सभागृह मर्मत सम्भार गरिनेछ । प्रदशले नेपाल सरकार तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

यस्तै, पोखरा महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाको ९ स्थित बसपार्कलाई स्तरोन्नति गरी व्यवस्थित गर्ने र वडा नं ३२ स्थित लामेआहालमा प्रदेशस्तरीय बसपार्कको निर्माण कार्य सुरु गर्न पनि प्रदेशले बजेट व्यवस्था गरेको छ ।