माउण्ट अन्नपूर्ण स्कुलमा बालश्रम विरुद्ध विविध कार्यक्रम सम्पन्न


नदिपुर—३ पोखरामा अवस्थित माउण्ट अन्नपूर्ण मा.वि.ले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि विश्व बालश्रम विरुद्घको दिवसको अवसरमा शुक्रबार विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । प्रत्येक वर्ष जून१२ तारिखलाई संयुक्त राष्ट्रसंघले World Day Against Child Labour को रुपमा मनाउँदैआएको छ । अहिले पनि संसारभर १५.२ करोड बालबालिकाहरु कुनै न कुनै रुपमा बालश्रमिक हुन बाध्य छन् । कोभिड—१९ ले निम्त्याएको आर्थिक महासंकटका कारण विपन्न देशहरुमा अझै धेरै बालबालिकाहरु आधारभूत बालअधिकारबाट वञ्चित हुने सम्भावना बढ्दै गइरहेको छ । यही विषम परिस्थितीलाई मध्यनजर राख्दै International Labour Organization ले यस वर्ष “COVID- 19: Protect children from child labour, now more than ever” संसारभर बालश्रम विरुद्ध Virtual Campaign गरिरहेको र यसमा एैकेवद्दता जनाउँदै विद्यालयले कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुलाई विविध कार्यक्रमहरुमा सहभागि गराएको छ ।

कोभिड–१९ को महामारीको कारण घरमा बसेर भएपनि विद्यार्थीहरुले प्रविधि मैत्री कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको उक्त कार्यक्रमका अध्यक्ष तथा विद्यालयका संस्थापक प्राचार्य प्रदिप कुमार लम्सालले जानकारी दिनुभयो । विद्यालयले कक्षा ३ देखि ५ सम्म बालश्रमसँग आधारित चित्रकला प्रतियोगिता, कक्षा ६ र ७ लाई निवन्ध लेखन प्रतियोगिता र कक्षा ८, ९ र १० को लागि अंग्रेजी वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । चित्रकला प्रतियोगितामा क्रमशः कक्षा ३ (क) बाट दिया पुन, ३ (ख) बाट आकृति पौडेल, कक्षा ४ (क) बाट दक्षा गुरुङ, ४ (ख) बाट मिगिन सारु र कक्षा ५ (क) बाट एलिना पुन एवं ५ (ख) बाट विजय नेपालीले उत्कृष्ट स्थान हासिल गरेका थिए ।

त्यसैगरि निवन्ध लेखन प्रतियोगितामा कक्षा ६ (क) बाट एलिसन छन्त्याल, ६ (ख) बाट अनुपम सुवेदी र कक्षा ७ बाट स्मृति थापाले प्रथम स्थान प्राप्त गरेका थिए । कक्षा ८ को अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा क्रमशः श्रवण ढुङ्गाना र सिजन खत्री प्रथम र द्वितीय भएका थिए । त्यसै गरी कक्षा ९ मा सुवास खोर्जा र भुमिका खड्का तथा कक्षा १० मा क्रमशः कृतिका पराजुली र प्रकृति खत्रीले प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका थिए । विद्यालयका + २ संयोजक कृष्ण लम्साल , शैक्षिक विभाग प्रमुख धु्रव पोख्ररेल र शिक्षिका अन्जिता सुनारको निर्णायक भुमिकामा रहेको उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त कार्यक्रम संयोजक पुरन श्रीसले गर्नुभएको थियो । यस्तो विषम परिस्थितिमा पनि विद्यालयले प्रविधिको उच्चतम प्रयोग गरी सञ्चालन गरेका यस्ता कार्यक्रमहरुले विद्यार्थी तथा अभिभावकको मनोवल उच्च बनाउने तथा बालश्रम विरुद्ध समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत विद्यालय पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरी प्रसाद गुरुङले जानकारी गराउनुभयो । साथै विद्यालयका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङले यस प्रकारको प्रविधि मैत्री कार्यक्रमको प्रशंषा गर्नुका साथै कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं