नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसियसन गण्डकी प्रदेश कमिटीले नयाँ वर्षको भित्तेपात्रो प्रकाशन गरेको छ ।
संस्थाका अध्यक्ष सुवास सुवेदी, संस्थापक अध्यक्ष डा भवानीशंकर पौडेल र कानुनी सल्लाहकार यमनाथ पौडेलले बुधबार भित्तेपात्रो लोकार्पण गरे । व्यक्तिगत दुरी राखेर गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष पौडेलले डेन्टल हाइजिनिस्टहरुलाई सुरक्षित रहेर सेवाग्राहीलाई सेवा दिन आग्रह गरे । सरकारले सिडिएस अध्ययापन गर्न माध्यता दिने र काम गर्ने वातावरण र सरकारी सेवामा उचित स्थान नदिएको उल्लेख गर्दै यसलाई बदल्न संस्थागत प्रयास जरुरी भएको बताए ।
कानुनी सल्लहकार पौडेलले मुख स्वास्थ्यमा काम गर्नेहरु यो समयमा बढी जोखिमा पर्ने भए पनि सरकारले सेवा दिन र सुरक्षा चुनौती सामना गर्न केही हौसला नदिएको टिप्पणी गरे ।
संस्थाका अध्यक्ष सुवास सुवेद्ीको अध्यक्षता भएको कार्यक्रममा महासचिव युवराज पौडेल(अर्जुन), प्रथम उपाध्यक्ष रमेश जिएम र सल्लाहकार राजेन्द्र सापकोटाले अहिले प्रतिकूल समयमा पनि अत्यावश्यक सेवा दिने डेन्टल हाइजिनिस्टहरुलाई सरकारी तवरबाट कुनै हौसला नहुनु दुखद् भएको बताए ।






