समाचार

सोसाइटी अफ ईञ्जिनियरीङ्ग कन्सल्टेन्सीको अधिवेशन सम्पन्न

सोसाइटी अफ ईञ्जिनियरीङ्ग कन्सल्टेन्सीको वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न भयको छ । शनिवार, कुटी रिसोर्ट, लेकसाईडमा सम्पन्न भएको सोसाइटी को वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले ई. किसोर कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । कार्य समितिको उपाध्यक्षमा ईं किसान सिंह गुरुङ्ग, सचिवमा ई. हरि प्रसाद अधिकारी, कोषाध्यक्षमा ई. कौसल चन्द्र जि.सी र सह( सचिवमा ई. आनन्द प्रसाद सापकोटा चयन हुनु भएको छ… पुरा पढौ

‘समाज बद्लियो, महिलाप्रतिको दृष्टिकोण बदलिएन’

पोखराका विभिन्न क्षेत्रका महिलाले समाज महिलामैत्री हुन नसकेको गुनासो गरेका छन् ।युनाइट्स नेपालको आयोजना र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको सहकार्यमा पोखरामा आयोजित महिला सशक्तीकरण तथा लैङ्किक हिंसा न्यूनीकरण कार्यशाला गोष्ठीमा उनीहरुले महिलामा योग्यता र दक्षता हुँदाहुँदै पनि महिलामैत्री वातावरणको अभावमा अवसरबाट बञ्चित हुनुपरेको बताए । समाज जति नै विकसित हुँदै गए पनि महिलाप्रति सकारात्मक दृष्टिकोणको अभावले अवसरबाट बञ्चित हुँदा निर्णायक तहसम्म पुग्न नसकेको उनीहरुको भनाइ थियो । साथै,… पुरा पढौ

स्याङ्जामा बसको ठक्करबाट २ जनाको मृत्यु

स्याङ्जाको भीरकोटमा आज अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरित दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । उनका अनुसार स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल… पुरा पढौ

श्रीमानको कुटाइबाट घाइते ज्ञानकुमारीको मृत्यु

श्रीमानको कुटाइबाट गम्भीर घाइते बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी को उपचार गर्न लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बनेकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो । आफ्नै घरमा श्रीमानको कुटाइ खानुभएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा… पुरा पढौ

जनसक्रिय टोलको अध्यक्षमा डिबी राई

जनसक्रिय टोल विकास संस्था, पोखरा–१४ को अध्यक्षमा डीबी राई सर्वसम्मत भएका छन् । बुधबार भएको संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्षमा सु यामबहादुर गुरुङ, सचिवमा माधव क्षेत्री, सह–सचिवमा तीर्थ श्रेष्ठ र कोषाध्यक्षमा विन्दुकुमारी श्रेष्ठ सर्वसम्मत चुनिएका हुन् । सदस्यमा बाबुराम थापा, विष्णुकुमारी गौचन, टेकबहादुर कुँवर, डोलमाया मानन्धर, नन्दप्रसाद तुलाचन, डिलप्रसाद पौडेल, मुना थापा र जीवन गुरुङ निर्वाचित भए । मीरादेवी आचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा डिल्ली सुवेदी र अमृत दाहाल… पुरा पढौ

युनाइटेड क्लबमा नयाँ नेतृत्व

युनाइटेड क्लब पोखराको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार भएको क्लबको ११ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चुनेको हो । अधिवेशनबाट क्लबको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा, द्वितीय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यवहादुर बानिया, सचिवमा दिनेश सुनार र सहकोषाध्यक्षमा पूर्णकला पोखरेल छन् । क्लबका सदस्यमा सीमा राई गुरुङ, जयराम आचार्य, सन्तोष कार्की, पूर्णकुमार श्रेष्ठ, विष्णुकुमार गुरुङ, देवानी सुवेदी, शिव थापा र चन्द्रा… पुरा पढौ

स्याउ संकलनमा जुटे मुक्तिनाथ ग्राण्ड सम्वलाका सुरज गुरुङ

जिल्ला मुस्ताङमा दशै —तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा यतिखेर यहाँका कृषकले उत्पादन गरेका कृषि उपज पोखरा—काठमान्डौं लगायतका सहरमा निर्यात हुने भइरहेको छ ।जिल्लाको घरपझोङ ,थासाङ र वारागुङ मुक्तिक्षेत्रमा स्थानीयको बगैचाबाट स्याउ टिप्ने चटारो चलेको छ ।कोरोना माहामारीमा सकेसम्म जिल्ला बाहिरका मानिसहरु जिल्ला प्रवेश नहोस र यहाँको उत्पादन स्थानीयलेनै बजार सम्म पू¥याउने उद्देश्य मुस्ताङीको छ ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापा भित्रको ५ वटै वडाहरुमा स्थानीय कृषकले फलाएको स्याउ गैर जिल्लाका व्यापारीले… पुरा पढौ

फोहोरमैला वर्गीकरण गर्न डस्टबिन वितरण

पोखरा महानगरपालिका वडा नं. १७ ले फोहोरमैला वर्गीकरणलाई सघाउन सामुदायिक शिक्षण संस्थाहरुलाई आवश्यक डस्टबिन वितरण गरेको छ । महानगरले फोहोरमैला वर्गीकरणका लागि थालेको अभियानलाई सघाउन बुधबार डस्टबिन वितरण गरिएको हो । वडाध्यक्ष तीर्थराज अधिकारीलाई पोखरा १७ का ४ शैक्षिक संस्थाका प्रतिनिधिलाई डस्टबिन हस्तारण गरेका हुन् । वडाले कुहिने, नकुहिने, सिसाजन्य र सेनिटरी प्याडका लागि हरेक संस्थालाई ९ डस्टबिन दिएको छ । छोरेपाटनमा रहेको वडा प्रहरी कार्यालयलाई पनि डस्टबिन हस्तान्तरण गरियो… पुरा पढौ

सबै तहका परीक्षा हुने, २५ जनासम्म हुने तालिम पनि चल्ने

सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको छ । गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण पूर्वनिर्धारित परीक्षा र शैक्षिक क्यालेन्डर अनुसार हुनुपर्ने अरु परीक्षासमेत रोकिएका छन् । मन्त्रिपरिषदको आइतबारको बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सरकारले २५ जनासम्म सहभागी भएर… पुरा पढौ

सेनाद्धारा निर्मित २५ लाखको प्रतिक्षालय घरपझोङलाई हस्तान्तरण

सेनाले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा यात्रु प्रतिक्षालयसहितको एकतले पक्की शौचालय भवन निर्माण गरेको छ ।धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्न आउने पर्यटक तथा तिर्थालुको सुविधाका लागि नेपाली सेनाको जोमसोम स्थित बज्रदल गणले २५ लाख लागतमा उक्त प्रतिक्षालयसहितको शौचालय भवन निर्माण गरेको हो । नेपाली सेनाले प्राकृतिक प्रकोप तथा विपत उद्दारमा मात्र होईन ,जनहित र नागरिकको सेवा सुविधाका लागि पनि विभिन्न प्रकारको क्वीक पूर्वाधार निर्माण गर्दै आईरहेको छ ।नेपाली सेनाको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं