फागुन १२ गते २०७५

ताजा समाचार

समाचार

दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालकलाई प्रशिक्षण दिइने

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ। सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो। सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७/८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त अभियान सञ्चालन गर्न लागेको बताउछन्। “सातै प्रदेशमा रहेका सवारी साधनमा कार्यरत सवारी चालक र सहचालकलाई सडक… पुरा पढौ

निजी क्षेत्रलेआर्थिक क्षेत्रको जग्गामा लगानी गर्न पाउने

सरकारले निजी क्षेत्रले पनि विशेष आर्थिक क्षेत्रको जग्गामा लगानी गर्न पाउने कानुनी व्यवस्था गर्ने भएको छ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश गरिएको ‘विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक’ मा निजी क्षेत्रले पनि विशेष आर्थिक क्षेत्रको जग्गामा लगानी गर्न सक्ने प्रावधान राखिएको हो। विधेयकमा निजी क्षेत्रको माग अनुसार विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास र जग्गामा निजी क्षेत्रलाई पनि लगानी गर्न… पुरा पढौ

६४ प्रहरी निरीक्षकलाई बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ। प्रहरी प्रधान कार्यालयमा शनिबार राति बसेको बढुवा समितिको बैठकले जनपदतर्फका प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो। प्रहरीले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम ४ को प्रावधानअनुसार बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए। पुरा पढौ

कुस्मा–बलेवा यान्त्रिक पुल बन्द

कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गत शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकालसम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका–१४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक ५०० सर्वसाधारण आवातजावत गर्दै आएका… पुरा पढौ

कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठ रहेनन्

नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा नेता कृष्णदास श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८७ वर्षको उमेरमा शनिवार दिँसो आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । हस्पिटलमा रहेको श्रेष्ठ स्वास्थ्यमा सुधार आएपछि आफ्नो निवासमा फर्किएको पारिवारिक सदस्यले बताए । नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेता श्रेष्ठ दर्शनको व्याख्याता समेत हुन् । उनले कम्युनिस्ट आन्दोलन र दर्शन सम्बन्धी थुप्रै पुस्तक लेख्नुका साथै अनुवाद समेत गरेका छन् । पुरा पढौ

बेलायतका राज्यमन्त्रीको अध्यक्ष प्रचण्डसँग भेट

नेपाल भ्रमणमा रहनुभएका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज बिहान भेटवार्ता गरेका छन् । अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा राज्यमन्त्री ल्याङकेष्टरसँग जिज्ञासा राखेका थिए। त्यसैगरी अध्यक्ष प्रचण्डले नेपाली शान्ति प्रक्रियामा बेलायती सरकारले… पुरा पढौ

रामबहादुर बम्जन गायब

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन कहाँ छन् भन्ने जानकारी नभएकाे प्रहरीले बताएकाे छ । तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् । बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन नभएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । आश्रमभित्र अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, यौन दुव्र्यहार भएको जस्तो आरोप लागेपछि… पुरा पढौ

ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताको समर्थन

एलपी ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताले पनि ऐक्यवद्धता जनाएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर ग्यास बिक्रेता संघले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताएको हो । यसअघि गत बिहीबार उद्योगीहरुले विभिन्न १० बुँदे माग राखेर पूरा गर्न १० दिनको अल्टिमेटम दिएका छन् । त्यसको दुई दिनपछि बिक्रेताहरुले पत्रकार सम्मेलन गरी उद्योगीको मागमा ऐक्यवद्धता जनाएका हुन् । संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्रि वितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको… पुरा पढौ

सांसदहरूको प्रश्नको जवाफ दिंदै मन्त्री मगर

आज बस्ने प्रतिनिधिसभाको वैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सांसदहरूको प्रश्नको जवाफ दिने भएकी छिन् ।  मन्त्रालय र समसामयिक विषमा सरकारको ध्यानाकर्षण गर्न संसद्ले सुरु गरेको प्रश्नोत्तर सत्रमा खानेपानीमन्त्री मगर उपस्थित हुन लागेकी हुन् ।  मन्त्रालयसँग सम्बन्धित कार्यप्रगतिका बारेमा सांसद्हरूले राखेको प्रश्नको जवाफ मन्त्री मगरले जवाफ दिनेछिन् । प्रतिनिधिसधसभाको वैठक दिउँसो १ बजे बस्दै छ । खानेपानी मन्त्रालय पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र सचिव गजेन्द्र ठाकुरको सरुवाले चर्चामा रहेको… पुरा पढौ

पोखरामा पत्रकार महासंघको केन्द्रीय साधारणसभा

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा तथा विधान अधिवेशन पोखरामा सुरु भएको छ । महासंघलाई प्रत्यक्ष निर्वाचनमा लैजानका लागि भएको विधान अधिवेशन बिहीबारदेखी पोखरामा सुरु भएको हो ।  आजसम्म हुने अधिवेशन बिहीबार सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन सभामुख महराले पत्रकार समाज रूपान्तरणको उत्प्रेरक भएको बताए ।  ‘समाजलाई सकारात्मक रूपान्तरणमा पत्रकारले सधैं उत्प्रेरकको भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘पत्रकारले सकारात्मक भूमिका खेले सकारात्मक हुन्छ, नकारात्मक भूमिका खेले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं