समाचार

भिटेनलाई पक्राउ नगर्न आदेश

उच्च अदालत पाटनले समीर घिसिङ अर्थात् र्‍यापर भिटेनलाई पक्राउ नगर्न आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय साइवर ब्युरोलाई आदेश दिएको छ । भिटेनले कात्तिक १६ गते प्रहरी प्रधान कार्यालय नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए । हालै सार्वजनिक भएको उनको गीतका शब्दलाई लिएर उनको आलोचना भएको थियो। उनले त्यो गीतको भिडियो युट्युब… पुरा पढौ

सूर्यबहादुरको शोकमा पोखरा महानगर बिदा

व्यवसायी एवं राजनीतिज्ञ सूर्यबहादुर केसीको निधनको शोकमा पोखरा महानगरले कार्यपालिका कार्यालय र वडा कार्यालयहरु बन्द गरेको छ । सोमबार राति निधन भएका पोखरा महानगरका पूर्व प्रधानपञ्च केसीको निधनमा शोक प्रकट गर्दै मंगलबार महानगर बिदा गरिएको हो । राप्रपाका केन्द्रीय कोषाध्यक्ष रहेका केसी ३ वर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेस प्रबेश गरेका थिए । उनी नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य पनि हुन् । पुरा पढौ

पोखरा ३० को वडा प्रोफाइल सार्वजनिक

पोखरा महानगरपालिका वडा नं ३० को वस्तुस्थितिसहित सबैजसो विषयका जानकारी एकीकृत गरी तयार पारिएको वडा प्रोफाइल (पाश्र्वचित्र) सार्वजानिक गरिएको छ । पाश्वचित्र सोमबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले सार्वजनिक गरे । वडाको वस्तुस्थितिबारे जानकारी लिन र आगामी २० वर्षका विकास, निमार्णमा सहयोग पुग्ने गरी प्रोफाइल तयार गरिएको कार्यक्रममा जानकारी दिइयो । प्रमुख जिसीले प्रोफाइल सम्बन्धित वडाका लागि मात्र नभएर समग्र महानगरकै लागि महत्वपूर्ण भएको उल्लेख गरे । अहिलेको अवस्थाबारे जानकारीसहित… पुरा पढौ

कास्कीको ४६ प्रतिशत क्षेत्रफलमा वन

बोटविरुवा रोप्ने सिजन सकिएको छ । भदौ महिनासम्म बोटविरुवा रोप्न उपयुक्त समय मानिन्छ । डिभिजन वन कार्यालय कास्कीका अनुसार ७१ हजार विरुवा वितरण भईसकेको छ । भदौको अन्तिमसम्म विभिन्न संघसंस्था विरुवा माग्न उद्दत हुन्छन् । संघसंस्थालाई डिभिजन बन कार्यालय(तत्कालिन जिल्ला बन कार्यालय) कास्कीले वितरण गर्दै आएको छ । किसानलाई लक्षित गरी डाले घाँसका विरुवा, शहर बजारमा भने हरियालीको लागि छुट्टै प्रकृतिका विरुवाको माग बढी हुने गरेको छ । दुईवर्ष अघिदेखि… पुरा पढौ

कास्कीमा १ हजार ८ सय खरका छाना फेरिने

जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार ८७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार रु ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ । खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत… पुरा पढौ

पोखरा महानगर कार्यालय बिहीबारदेखि खुल्ने

पोखरा महानगरपालिकाको कार्यालय बिहीबारदेखि सञ्चालन हुने भएको छ । पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द रहेकोमा कात्तिक १३ गते बिहीबारदेखि सञ्चालन हुने भएको हो । पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको कात्तिक १२ गते बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गते बिहीबारबाट संचालन… पुरा पढौ

पूर्व प्रमुखसचिव खनालको निधन

तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुख सचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए । मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए । मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानुनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानुन… पुरा पढौ

प्रदेश सांसद बिष्टले दिए सुभ-कामना

हिमाली जिल्ला मुस्ताङको प्रदेश निर्वाचनक्षेत्र ‘क’बाट निर्वाचित सांसद ईन्द्रधारा बिष्टले एक प्रेष विज्ञप्ती जारी गर्दै संम्पूर्ण मुस्ताङबासी तथा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनी लगायतलाई बडादशै ,दिपावली र नेपाल सम्वत २०७७ को सुभ—कामना व्यक्त गरेका छन् । सांसद बिष्टद्धारा हस्ताक्षरित सूभ—कामना बिज्ञप्तीमा नेपाली समूदायले मनाउने विभिन्न सांस्कृतिक पर्वहरुले धार्मिक सहिष्णुता,भातृत्व र भावनात्मक एकतामा बल पुग्ने जनाएका छन् । नेपालमा मनाईने यसप्रकारका विभिन्न चाडपर्वहरुले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न योगदान पुग्ने… पुरा पढौ

भीरबाट लडेर पोखरा १५ का साजनको मृत्यु

शुक्रबार बिहान भीरबाट लडेर पोखरा १५ मा एक युवाको ज्यान गएको छ । बिहान साढे ७ बजेतिर पोखरा महानगरपालिका १५ खहरे भन्ने स्थानमा खहरे भिरबाट लडेर टुटुङ्गा बस्ने वर्ष २३ का साजन परियारको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले घटनाबारे अनुसन्धान हुँदै गरेको जानकारी दिए । पुरा पढौ

भिटोफ मुस्ताङमा निरज थकाली

गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )को मुस्ताङ जिल्ला संयोजकमा घरपझोङ गाउँपालिका वडा नं.—५ निवासी स्थानीय युवा निरज थकाली नियुक्त भएका छन् । गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )का अध्यक्ष नवराज अधिकारीद्धारा गत असोज २८ गते जारी हस्ताक्षरित पत्रका आधारमा थकालीलाई भिटोफको मुस्ताङ जिल्ला संयोजक तोकिएको हो । यसअघि गाउँ पर्यटन प्रर्वंद्र्धन मञ्च नेपाल ( भिटोफ )को विधान बमोजिम गण्डकी प्रदेशको २०७७ साल भदौ २५ गते बसेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं