समाचार

अनलाइन पत्रकारलाई युकेबाट मनकारीको सहयोग

अनलाइन पत्रकार संघ गण्डकीले पोखराका अनलाइन सञ्चारमाध्यमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संघलाई प्राप्त स्वास्थ्य सामग्री अध्यक्ष अध्यक्ष गणेश बराललाई प्रदान गरे । युकेमा रहेका समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैंयाबाट ती स्वास्थ्य सामग्री खरिद गरिएको हो । मन्त्री गुरुङले संघको आधिकारिक वेभसाइट ओजाग डट ओआरजी डट एनपी(ojag.org.np) पनि सार्वजनिक गरे । मन्त्री गुरुङले… पुरा पढौ

घाँस काट्न गएकी युवतीको चितुवाको आक्रमणबाट मृत्यु

चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए । आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको… पुरा पढौ

नेकपा कार्यकर्ता बस्नेतको स्मृतिमा श्रद्धाञ्जली सभा

नेकपा पोखरा वडा नम्बर ८ कमिटी सदस्य विष्णुबहादुर बस्नेतको निधन भएको तेह्रौं दिनको पुन्यतिथिमा आईतबार श्रद्धाञ्जली सभा भएको छ । नेकपा वडा कमिटीको आयोजनामा आईतबार आयोजित सभामा नेकपा पोखरा महानगर कमिटी सचिव विश्वप्रकाश लामिछानेले बस्नेतको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको उल्लेख गरे । उनले भने, ‘बस्नेत निष्ठावान कार्यकर्ता हुनुहुन्थ्यो । अब उहाँले देखाएको बाटोमा हिड्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ ।’ नेकपा पोखरा ८ का अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीको अध्यक्षतामा भएको… पुरा पढौ

जन्मदिनमा अक्षयकोष स्थापना र पुरस्कार घोषणा

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष घोषणा गर्दै उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघ पुरस्कार घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका कोइरालाले २०६९ सालदेखि उद्योग वाणिज्य संघका गतिविधिमा सरिक हुँदा भत्ताबापत् प्राप्त गरेको करिब २ लाखबाट अक्षयकोष बनाउने घोषणा गरेका हुन् । अक्षयकोष ५ लाखको हुने पनि उनले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको संस्थापक अध्यक्ष रहेका कोइरालाले… पुरा पढौ

भालुको आक्रमणबाट बालक घाइते

भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको छ । बालकको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । पाखुराको दुवैतिर शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डा सोहम शाहले बताए । घाइते बालकका बुबा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो । यस वडामा… पुरा पढौ

घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन् । सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन् । मुख्यमन्त्री शाही चडेको घोडा तर्सिदा लडेर घाइते भएको नेपाल पत्रकार… पुरा पढौ

यसपालि देउसी भैलो खेल्न नपाइने

नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी, भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । प्रहरीले कोरोना महामारीका कारण देउसी, भैलो नखेल्न भनेको हो ।प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको जानकारी दिए । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुखसँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिएका थिए । file pix पुरा पढौ

पूर्वपतिको खुकुरी प्रहारबाट महिलाको मृत्यु

सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट महिलाको ज्यान गएको छ । उनन्तीस वर्षीय होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग गएर सँगै बस्दै आएको पाइएको छ । स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरी टाउको तथा शरीरको अन्य विभिन्न… पुरा पढौ

गण्डकीका मन्त्री थापामगरलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमण भएको छ । उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो । केही दिनदेखि उनलाई रुघा, खोकी र ज्वरो आएको मन्त्री थापाका स्वकीय सचिव भरत खनालले बताए । मन्त्री थापामगरको स्वास्थ्य अवस्था भने सामान्य छ । पुरा पढौ

सेती नदीमा पुरुषको शव फेला

मंगलबार बिहान पोखरा १७ र १५ को बीच रातोपहिरो र अमिनताराको बीचमा सेती नदीमा पुरुषको शव फेला परेको छ । बिहान पौने ८ बजेतिर सेती नदिको बीचमा फेला परेको शवको परिचय खुलेको छैन । पानीमा तैरिएको शवबारे अनुसन्धान भइरहेको र मृतकको परिचय नखुलेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं