संस्कृत स्कुललाई आदर्श चौतारीको सहयोग

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले शनिबार पोखरा १ भिमकालीमा रहेको संस्कृत विद्यालयलाई सहयोग गरेको छ ।

कल्सटर २४ का प्रमुख माधव पौडेलले सहयोग सामग्री हस्तान्तरण गर्दै कोरोनाका कारण विधालयसमेत प्रभावित हुँदा सहयोगी मन हुँदाहुदै पनि निरन्तरता दिन नसकेको उल्लेख गरे । उनले आगामी दिनमा बालबालिका लक्षित सहयोग कार्यक्रम जारी राख्ने प्रतिवद्धता गरे ।

क्लबका अध्यक्ष मोहनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव कोईराला, विधालय व्यबस्थापन अध्यक्ष लिलाराज श्रेष्ठ, गुरूकुल संयोजक बिष्णु प्रसाद अधिकारी, प्रथम उपाध्यक्ष बसन्तराज कोईराला, सचिव दामोदर आचार्य लगायतले बोलेका थिए ।

क्लबले विद्यालयका आवासीय बटुकहरूलाई करीब २० हजारको खाद्य सामग्री तथा माक्स, साबुन र सेनिटाइजर वितरण गरेको थियो ।