नेपालीमा शुभकामना अब ई-कार्डमार्फत्

कसैको जन्मदिन, वैवाहिक वर्षगाँठ वा सरुवा/बढुवा/नियुक्ति तथा अन्य अवसरमा आकर्षक तस्वीर र सन्देश राखेर शुभकामना दिन मेसेज लेख्न, विभिन्न कार्ड बनाउन निकै समय खर्च गर्छौँ ।

चाडपर्वका बेला पनि हामीसँग व्यस्त समयकाबीच सकभर छिट्टै यस्ता कार्ड बनाएर साथीहरूलाई पठाउन शुभकामना सन्देश पठाउन सकियोस् भन्ने चाहना हुन्छ । विवाह, व्रतवन्ध, छठियार, पासनी जस्ता अवसरमा अब ई-कार्ड बाटनै निमन्त्रणा पठाउन पाए हुन्थ्यो भन्ने हामी धेरैलाई लागेको हुन्छ |

एकाबिहानै कसैलाई ‘गुड मर्निङ’ भन्न होस् वा बेलुका ‘गुड नाइट’ भन्न, यस्ता मेसेजलाई इ–कार्डबाट सुन्दर र आकर्षक बनाउन सकिन्छ । अब यस्ता ‘रेडिमेड’ शुभकामना कार्ड बनाउन सहज भएको छ ।

कुनै चाडपर्व वा उत्सवको शुभकामना नेपाली भाषामा दिनhttps://subhakamana.comर प्लेस्टोरमा ‘Subhakamana- Nepali eCards and Wishesh’ एपको प्रयोग गर्न सकिन्छ । उपवेदाटेक्नोलोजीले बनाएको यो एप हाल ३० हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् ।

यो एप भर्खरै लञ्च भए पनि यसले थोरै समयमा धेरै ग्राहक बनाउन सफल भएको छ । यसमा तस्वीर र ‘जिआइएफ’ फाइलमा समेत आफ्नो शुभकामना सन्देश लेखेर उक्त कार्ड मोबाइलमा सेभ गर्नुका साथै सामाजिक सञ्जालमा शेयर गर्न सकिन्छ ।

यसमा हरेक चाडपर्वका लागि बेग्लाबेग्लै कार्ड र शुभकामना अनुसारका तस्वीर छान्न सकिने सुविधा दिइएको छ ।

यसरी बनाइएका इ–कार्डहरू फेसबुक, भाइबर लगायतका माध्यमबाट कसैलाई पठाउन र शेयर गर्न सकिन्छ । विभिन्न अवसरमा शुभकामना दिनुपर्ने राजनीतिमा संलग्न र व्यवसायीका साथै सर्वसाधारणलाई समेत यो एप लाभदायक हुने देखिन्छ ।

यसका डेभलपर शिरिष महर्जनका अनुसार यसमा बिस्तारै नेपालमा बढीले प्रयोग गर्ने अन्य भाषामा पनि शुभकामना सन्देश लेखेर उपलब्ध गराउने एपको उद्देश्य छ । उनका अनुसारयो एप मार्फतनै शुभकामना सन्देश संगै अरू व्यवसायलाई यसमा जोड्दै फोटो फ्रेम, कप तथा टिसर्ट प्रिन्ट, बर्थडे केक अर्डर, ग्रिटिंग कार्ड अर्डर जस्ता फिचर पनि थप्दै जाने लक्ष्य बोकेको छ |