अनलाइन पत्रकारलाई युकेबाट मनकारीको सहयोग

अनलाइन पत्रकार संघ गण्डकीले पोखराका अनलाइन सञ्चारमाध्यमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संघलाई प्राप्त स्वास्थ्य सामग्री अध्यक्ष अध्यक्ष गणेश बराललाई प्रदान गरे ।

युकेमा रहेका समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैंयाबाट ती स्वास्थ्य सामग्री खरिद गरिएको हो । मन्त्री गुरुङले संघको आधिकारिक वेभसाइट ओजाग डट ओआरजी डट एनपी(ojag.org.np) पनि सार्वजनिक गरे ।

मन्त्री गुरुङले कोरोना महामारीको असरले पुर्याएका सबै क्षेत्रलाई विस्तारै लयमा फर्काउन प्रदेश सरकार नीतिगत तरिकाले अगाडि बढिरहेको उल्लेख गरे । कोभिड १९ नियन्त्रणभन्दा बाहिर गएकाले नागरिब अब आफै सुरक्षित रहनुपर्ने बेला आएको उनको भनाइ छ ।

उनले भने, ‘शक्तिशाली देशमा पनि संक्रमित सबैले अस्पतालमा बस्न नपाएको अवस्था छ । स्वास्थ्यमा समस्या नआएसम्म घरमै आइसोलेसनमा बस्न म संक्रमितहरुलाई आग्रह गर्छु ।’ उनले सबैको एकीकृत प्रयासले मात्र कोरोनालाई परास्त गरी जीवन र अर्थतन्त्र लयमा फर्किन सक्ने जनाए ।

प्रदेश सरकारले सुरु गर्न लागेको लोककल्याणकारी विज्ञापनको विषयलाई सबैको सल्लाह, सुझाव र प्रतिक्रियाका आधारमा अगाडि बढाइने उनले प्रष्ट पारे । उनले भने, “अहिले हामीले शुरुवात गरेका हौं । गर्दै नगर्नुभन्दा शुरु गर्नु राम्रो हो ।’

संघको वेबसाइट सार्वजनिक गर्दै गण्डकीका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकी सल्लाहकारहरु रामजी लम्साल र केशव पाठक, संघका कोषाध्यक्ष सुनिल पाण्डे लगायतले कार्यक्रममा बोलेका थिए ।

कार्यक्रम अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष ढाका मोहन (गणेश) बरालको अध्यक्षतामा भएको थियो ।

दोस्रो जीवनपछि सहयोग गर्ने अवसर जुट्यो : इन्द्र घोताने
समाजसेवी इन्द्र घोतानेले आफ्नो दोस्रो जीवनपछि सहयोग गर्ने अवसर जुटेको बताए । उनी कोभिड १९ को संक्रमण भएपछि २५ दिन सधन उपचार कक्षमा र ३० दिन अस्पतालमा बिताएर घर फर्किएका थिए ।

विदेशमा रहेर पनि समाजसेवामार्फत दुःखी, असहायलाई सहयोग गर्न रुचाउने घोतानेले अनलाइन पत्रकारलाई कोभिड–१९ को महामारीमा समेत आफ्नो सक्रियतामा रकम संकलन गरी सहयोग गर्न पाउँदा निकै खुसी लागेको उल्लेखन गरे । ‘कोभिड १९ को महामारीको समयमा समेत अनलाइनमा कार्यरत पत्रकारले जोखिमका साथ काम गर्नु भएको छ”, उनले भने, “यो सानो सहयोगले उहाँहरुको हौसला बढ्नेछ ।”

इन्द्र घोताने

इन्द्रको नेतृत्वमा सहयोग गर्नेहरुमा नन्दजंग गुरुङ, तमु धी एसोसियसन युके अध्यक्ष, महासचिव, क्वोने घोथाने घोन्डे गुरुङ्ग परिवार युके, अनररी ल्याटन चन्द्र तथा बिमला गुरुङ्ग, अध्यक्ष, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, पुनम गुरुङ्ग, अध्यक्ष, एन.आर.एन.यूके, भिम महेन्द्र गुरुङ्ग, अध्यक्ष हंगकंग नेपाली मंच, यूके, शिब गुरुङ्ग, अध्यक्ष, तमु समाज यूके, शान्त गुरुङ्ग, एन आर.एन.यूके सल्लाहकार, नारायण गुरुङ्ग, क्वोने घोताने, घोन्डे गुरुङ्ग यूके परिवार सल्लाहकार, क्यापटेन नारायण गुरुङ्ग तथा चन्द्र कुमारी गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार चेलीबेटी उपप्रमुख, धना पुन गुरुङ्ग, लण्डन, दुर्गा गुरुङ्ग, अध्यक्ष, बेजिङ्गस्टोक गुरुङ्ग समाज यूके, नारदमणि गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार युके सस्थापक उपाध्यक्ष छन् ।

त्यसैगरी सहयोगदातामा कुमार गुरुङ्ग, अध्यक्ष, सहारा यूके, राचेल गुरुङ्ग (राजु )क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके चेलीबेटी प्रमुख, कृष्ण गुरुङ, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके सल्लाहकार, हेरी गुरुङ्ग, एन आर एन यूके कार्यसमिति सदस्य, बोहत गुरुङ्ग, कोषाअध्यक्ष, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, कुसांङ्ग गुरुङ्ग, उपाध्यक्ष सहारा यूके, हरि गोविन्द गुरुङ्ग, बरिष्ठ सल्लाहकार, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, धनकाजी गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, क्यापटेन पिताम्बर गुरुङ्ग, उपाध्यक्ष क्वोंने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, ईन्द्र नारायण गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, धनु पुरन थकाली, महासचिब, सहारा यूके, अतित गुरुङ्ग, लण्डन, नर बहादुर गुरुङ्ग, लण्डन छन् ।